राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष संचालन हुदै
भदाै २१ काठमाडाैं । देश कोरोनाले अस्त व्यस्त छ, कोरोना भाईरस संक्रमण रोकथामका लागी भनी सरकारले निषेधाज्ञा जारी गरेको पनि लामै समय भैसकेको छ, यदपि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नागरिकको जिवनस्तरमा निकै ठूलो असर परेको छ । दैनिक गुजारा गरेर खानेहरुको अवस्था निकै भयावह बनेको अवस्था छ । नजिकिदै गरेको चाडपर्वमा यसले झन कस्तो असर पार्ने हो हामी सहजै अनुमान लगाउन सक्छौ ।
तथापी आफ्नो पेशा गरेर खाने व्यबसायीको अवस्था पनि त्यतिकै डरलाग्दो अवस्था बनेकै छ । यसको असर सौन्दर्य व्यबसायीहरुलाई त झनै सोझै देखिन्छ , अन्य व्यबसायले सामान्य कारोवार गर्ने स्थिती भए पनि सरकारले सौन्दर्य व्यबसायलाई संचालन गर्ने अनुमति दिएको छैन । तर पनि केहि यस पेशामा सक्रिय सौन्दर्य व्यबसायी मेक सम्बन्धि ज्ञान लिन ईच्छुकहरुलाई सहज वातावरण बनेपछि तालिम प्रदान गर्ने उद्देश्यले केहि व्यबसायीहरु प्रर्वद्धिन योजनाहरु लिए...








