शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज सुनको मूल्यघट्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदी प्रति तोला १३१० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *