आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भारतमा एकैदिन ९० हजार ६ सयमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९० हजार ६ सयमा कोरोना संक्रमण पुष्टि

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...
आज देशकाे विभिन्न ठाँउ भारी वर्षाको सम्भाबना

आज देशकाे विभिन्न ठाँउ भारी वर्षाको सम्भाबना

माैसम, समाचार
भदाै २१ काठमाडौं । अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भाबना रहेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भाबना रहेको छ ।त्यस्तै राती पनि हल्का वर्षा भइरहेका प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महानशाखाले जनाएको छ । ...
सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा घरेलु सहायक दीपेश सावन्त पक्राउ

सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा घरेलु सहायक दीपेश सावन्त पक्राउ

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनका घरेलु सहायक  दीपेश सावन्तलाई पक्राउ गरेको छ।एनसिबीका उपनिर्देशक केपीएस मल्होत्राले दीपेशलाई लागुऔषध खरिद र त्यसको लेनदेनका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन्। उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको हो। उनलाई  आइतबार अदालत पेश गरिँदैछ।   पक्राउ परेका व्यक्तिहरुको बयान जारी छ। यसअघि पक्राउ परेका सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई ९ सेप्टेम्बरसम्म एनसिबीको हिरासतमा पठाइएको छ। एनसिबीले शौविक चक्रवर्ती र स्यामुअल मिरान्डालाई ७ दिनको अनुसन्धानका लागि थुनामा राख्ने अनुमति मागेको थियो। ...
कागेश्वरी मनोहरा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण  पुष्टि

कागेश्वरी मनोहरा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
भाद्र २१ काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा भाद्र २० गते थप ४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ  ।२ पुरुष र २ महिला गरि थप ४ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।त्यसै गरि नगरपालिकाले २०७७ भाद्र २० गते सम्ममा २०४४ पुरुष र् ९३६ जनाको गरि कुल २९८० जनाको पिसीआर परिक्षण गरेको जानकारी  गराएको छ। त्यस मध्ये ९० जना पुरुष र ४७ जना महिला गरि कुल १३७ जना कोरोना संक्रमित रहेकोमा ५३जना पुरुष र २८ जना महिला गरि कुल ८४ जनाले कोरोना जितेका जनाएको छ हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा १ जना कोरोना संक्रमितको  मृत्यु भएको छ । त्यसै गरि नगरपालिकाले वडागत रुपमा कोरोना बिवरण समेत सार्वजनिक गरेको छ ।जस अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा ५ जना संक्रमित भएकोमा ४ जना कोरोना जित्न सफल भएको र १ जना सक्रिय संक्रमित रहेको जनाइएको छ। त्यसै गरि वडा नं २ मा  कुल ३ जना कोरोना...
मच्छिन्द्रनाथको रथ आज तानिने

मच्छिन्द्रनाथको रथ आज तानिने

समाचार
भदौ २१ काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा छ । त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले...
नेपाल-भारत वार्ताका लागि गहन पहल

नेपाल-भारत वार्ताका लागि गहन पहल

राजनीति, समाचार
भदाै २१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो। दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल(भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल(भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन। दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत त...
भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

राजनीति, समाचार
भदाै २१ काठमाडाैं । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो ।सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो । प्र्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ । प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश–२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक ...
कतै पोजेटिभ त कतै नेगेटिभ देखियाे कोरोनाकाे रिपोर्ट

कतै पोजेटिभ त कतै नेगेटिभ देखियाे कोरोनाकाे रिपोर्ट

समाचार, स्वास्थ्य
२० भदौ, जनकपुरधाम ।गएको भदौ १० गते बुधबार महोत्तरीको मनरा सिसवा नगरपालिका–४ का एक ४० वर्षीय स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भयो । मृतक स्वास्थ्यकर्मीको सम्र्पकमा रहेका ७८ जनाको कन्ट्याक्ट् ट्रेसिङको अधारमा भदौ १२ गते शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम पठाइयो । स्वाब संकलनपछि भदौ १६ गते मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएका परीक्षण मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखियो । पोजेटिभ देखिएका ५ जनामध्ये ३१ वर्षीय पुरुषले रिपोर्ट आउनु भन्दा अगाडि नै ललितपुरस्थित स्टार हस्पिटलमा पुनःआर टी पीसीआर परीक्षण गराउँदा गएको शनिबार उनको रिपोर्ट निगेटिभ आएको छ ।त्यस्तै १६ जनाको जनकपुरको ल्याबमा पोजेटिभ देखिएका मध्ये कन्ट्याक्ट् ट्रेसिङमा परेका अर्का एक जना महोत्तरीको मनरा सिस्वा नगरपालिका –४ कै एक ५० वर्षीय पुरुषको ...
मन्दिरमा घण्टी बजाउदा हुन्छ यी १० फाइदा, जान्नुहाेस्

मन्दिरमा घण्टी बजाउदा हुन्छ यी १० फाइदा, जान्नुहाेस्

समाचार
भदाै २० काठमाडाैं । कुनै शुभ कार्यको थालनी गर्दा होस् वा मन्दिरमा प्रवेश गर्दा होस् हामीले घण्टी बजाउने गर्छौं तर घण्टी किन बजाउछन् तपाइलाइ थाहा छ? यस्ताे छ घण्टी बजाउनुकाे राेचक कुरा । जान्नुहाेस्, घण्टी बजाउनुलाई हिन्दु धर्ममा अति नै शुभ मानिन्छ। यसले सकरात्मक उर्जा मिल्छ। हरेक दिन पुजा गरेर घण्टी बजाउनाले किस्मतको ढोका खुल्ने पनि मान्यता रहेको छ।बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुन घण्टीको ध्वनीले सकारात्मक उर्जा प्रदान गर्नका साथै यसलाई बजाउदा मन शान्ती हुनाका साथै दुख कष्टबाट पनि छुटकारा पाइन्छ। -हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ। घण्टीको ध्वनीले सकारात्मक उर्जा प्रदान गर्छ त्यसैले यसलाई बजाउदा मन शान्ती हुनाका साथै दुख कष्टबाट पनि छुटकारा पाइन्छ। -धार्मिक ...
सन्दीप आबद्ध जमैकाको खेल आज राति

सन्दीप आबद्ध जमैकाको खेल आज राति

खेलकुद, समाचार
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ । जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ । सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उनले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसेका छन् । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका ...