आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

समाचार
भदाै २३ काठमाडौं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ। सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घ संस्था एवं अग्रजपर्यटन व्यवसायी समेतलाई सल्लाहकारको रुपमा समेटीबोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ। महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायिलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय ...
हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

आर्थिक
भदौं २३ काठमाडाैं । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए ।उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एय...
स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

अपराध
भदाै २३ काठमाडाैं । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो ।बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए । उनले भने “विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो ।” स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्...
गीतकार तथा समाजसेवी यशु थापाको ‘आगमन’ सार्वजनिक(भिडियो सहित)

गीतकार तथा समाजसेवी यशु थापाको ‘आगमन’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन
भदाै २३ काठमाडाैं । कोभिड(१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा पनि सांगितिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक(गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका म्युजिक भिडियोहरु भने रिलिजको क्रममा छन् । यो बीचमा अमिर शेक र जयतोसना योगिको म्युजिक भिडियो ‘आगमन’ रिलिज भएको छ । मङगलबार युट्युवमा म्युजिक भिडियो ‘आगमन’ रिलिज गरिएको हो । https://youtu.be/7cODr_bdURc सार्वजनिक म्युजिक भिडियो ‘आगमन’ मा स्वर भने राज सागरको रहेको छ भने संगीत गौरव दर्पणले भरेका छन् । यस म्युजिक भिडियो ‘आगमन’ को लिरिक्स भने यसु थापाले लेखेका हुन । एरेञ्जको काम रिकेश गुरुङ गरेका छन् ।भिडियोलाई अमिर शेकले निर्देशन गरेका हुन् भने छायांकन रुपेश थापाको छ । दिन दुखी...
दुईसय अठासी लाइनको गीत ‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)

दुईसय अठासी लाइनको गीत ‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)

मनोरन्जन
भदाै २३ काठमाडाैं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ । https://youtu.be/J5PdDyOo9KA सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई ...
गोकर्णेश्वरमा आफ्नो घर आफैंले भत्काएर सडक विस्तारमा सहयोग

गोकर्णेश्वरमा आफ्नो घर आफैंले भत्काएर सडक विस्तारमा सहयोग

समाज
भाद्र २३ काठमाडौं। विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्‍यो भने कसैले पनि सजिलो गरी मान्दैनन्,अझ बाटोका लागि  आफ्नो घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्। तर गोकर्णेश्वर नगरपालिका वडा नं  ६ र  ८ को सिमाना  आरुबारी  डांडागाउमा  एक व्यक्तिले सडक विस्तारको लागि आफ्नो घरको छत भत्काएर सहयोग गरेका छन् ।ट्याक्सी, एम्बुलेन्स समेत छिर्न मुस्किल पर्ने  मोड़मा रहेको ज्यामयाङ लामाको घरका कारण विपद व्यवस्थापनमा समेत बाधा उत्पन्न हुने देखिए पश्चात आरुबारी डाँडा गाउ टोल सुधार समितिले घर भत्काउन गरेको अनुरोध लाइ स्वीकार गर्दै उनले सोमबार  बाटो सहजीकरणका लागि  आफ्नै घरको छत भत्काएर बाटो विस्तारमा सहयोग गरेका  हुन्  । राज्यले समेत गर्न नसकेको काम डाँडागाउ टोलसुधार समितीको अनुरोधमा ...
निषेधाज्ञामा पनि धमाधम बन्दैछ ‘धरहरा’

निषेधाज्ञामा पनि धमाधम बन्दैछ ‘धरहरा’

समाचार
भदाै २३ काठमाडाैँ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा लागू भएपछि बजार पसल र कलकारखाना बन्द भइरहेका बेला पुरातात्विक महत्वको धरहराको पुनर्निर्माण भने धमाधम भइरहेको छ। धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले धरहराको १० औँ तलाको ढलान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। उनका अनुसार कामदारले निषेधाज्ञामा पनि धरहराको काम जारीराखेका छन्। साढे चार वर्ष पहिलेकाे भूकम्पले भत्किएकाे धरहरा गत वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि पुननिर्माण सुरु भएको थियो। ...
विवादित रेलमार्गको  ठेक्का  रद्द

विवादित रेलमार्गको ठेक्का रद्द

समाचार
भदौ २३ काठमाडौं । रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग अन्नतः पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो ।प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो । ट्रयाक बनाउने खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम समेत नभएको भन्दै विभागको चर्को आलोचना हुँदै आएको थियो ।संसदको विकास तथा प्रविधि समितिले पनि विभागको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया रोक्न निर्देशन दिंदै आएको थियो । विभागले आज एक सूचना जारी गर्दै गत असार १४ र १७ गते अह्वान गरिएका ठेक्का रद्द गरेको जनाएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ...
‘आवश्यक आइसोलेसन बनाउन महानगर तयार छ ’भरतपुर महानगरपालिकाकी मेयर

‘आवश्यक आइसोलेसन बनाउन महानगर तयार छ ’भरतपुर महानगरपालिकाकी मेयर

स्वास्थ्य
भरतपुर महानगरपालिकाले केहीदिन अघि भरतपुर १ मा आइसोलेसन स्थापना गरेको छ ।७५ शय्याको  उक्त आइसोलेसन हालका लागि पर्याप्त रहेको र आवश्यक परेको खण्डमा तत्कालै सोही स्थानमा थप गर्न सकिने भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले बताइन् । दुई सय शय्या सम्म थप्न सकिने उनको भनाइ छ । केहीदिन अघि भएको महानगरको ४६ औं पूर्ण बोर्ड बैठक कोरोना महामारीमा केन्द्रित रही आयोजना गरिएको थियो ।  भर्चुअल विधिबाट आयोजना गरिएको उक्त बैठकमा बोल्दै मेयर दाहालले महानगरबासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । साथै उनले महामारीवीच काम गर्नका लागि महानगर टिम सशक्त लागि परेको बताइन् । बोर्ड बैठकले भरतपुर महानगर कोभिड १९ आइसोलेसन केन्द्र संचालन कार्यविधि पारित गरेको उनले बताइन् । आपुर्वेदिक र प्राकृतिक विधि अनुसार संक्रमितको उपचार चिकित्सालयम...
६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङले जित्यो

६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङले जित्यो

आर्थिक
भदाै २३। सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो । दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो ।यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ । पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहर...