आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मेलम्चीको पानी यो दशैंमा पनि काठमाडौं नआउने

मेलम्चीको पानी यो दशैंमा पनि काठमाडौं नआउने

समाचार
भदाै २३ काठमाडौं । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने घोषणा गरिएको थियो । प्रधानमन्त्री ओली मात्रै होइन, खानेपानीमन्त्री विना मगरले वर्षेनी मेलम्चीको पानी दशैंमा आउने बताउँदै आएकी थिइन् । ९७ प्रतिशतभन्दा पूरा निर्माण भइसकेर पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने हो भन्ने अझै निश्चित छैन । तीन महिनाअघि मात्रै पनि मन्त्री मगरले दशैंसम्म पानी काठमाडौंवासीले खान पाउने बताएकी थिइन् । तर, भदौको अन्तिम साता आएर अझै तीन महिना पानी नआउने समाचार आएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ। खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो। अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइ...
बलिउड अभिनेता सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

बलिउड अभिनेता सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

मनोरन्जन
भदाै २३ काठमाडाैं ।बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार भएकी छिन्। लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले रियालाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
आज पनि कोरोनाबाट ६ जनाको ज्यान गयो, देशभर ज्यान गुमाउनको संख्या ३ सय ६ पुग्यो

आज पनि कोरोनाबाट ६ जनाको ज्यान गयो, देशभर ज्यान गुमाउनको संख्या ३ सय ६ पुग्यो

समाचार
भदाै २३ काठमाडौँ । नेपालमा आज कोरोनाबाट ६ जनाको ज्यान गएको छ । सोमबरा ११ जनाले ज्यान गुमाएकोमा आज भने ६ जनाले ज्यान गुमाएसँगै दशेभर कोरोनाकाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । त्यस्तै नेपालमा आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ । आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन् । ...
काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी, कस्तो होला ‘मोडालिटी’ ?

काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी, कस्तो होला ‘मोडालिटी’ ?

समाज
भदाै २३ काठमाडाैं । लामो समयदेखि जारी लकडाउनका कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गएको छ ।उपत्यकामा जारी लकडाउन भोलि (बुधबार) सकिंदै गरेका बेला उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालिएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अहिले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ । यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएक...
उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

समाज
भदाै २३ काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ...
एकैदिन २२ सय ८७ जना कोरोना संक्रमित निको भए

एकैदिन २२ सय ८७ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य
भदाै २३ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना संक्रमित निको भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन्। यो निको हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। आज थप ९०२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।गौतमले कुल संक्रमितमध्ये ६८ प्रतिशत निको भएको बताए। ...
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

शिक्षा
भदाै २३ काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अ...
नेपालमा थप  २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

नेपालमा थप २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
भदाै २३ काठमाडाैं । मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।  ...
दरबार हाइस्कूलको भवन हस्तान्तरण

दरबार हाइस्कूलको भवन हस्तान्तरण

समाचार
भदाै २३ काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ ।  गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेका हुन् ।  उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ  ।  काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ ।  दरबार हाई स...
कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ करोड पुग्न लाग्यो

कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ करोड पुग्न लाग्यो

स्वास्थ्य
भदाै २३ काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ९५ लाख ९४ हजार ७०१ पुगेको छ।कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुग्दा निको हुनेको संख्या भने ३७ लाख ५८ हजार ६२९ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२ लाख ८४ हजार १०३ जनामा संक्रमण हुँदा निको हुनेको संख्या भने ३३ लाख २४ हजार ६० पुगेको छ।संक्रमणको तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जनामा संक्रमण हुँदा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ। रसियामा १० लाख ३० हजार ६९० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ८ लाख ४३ हजार २७७ पुगेको छ।पेरुमा संक्रमितको संख्या ६ लाख ९१ हजार ५७५ छ भने निको हुनेको संख्या ५ लाख २२ हजार २५१ पुगेको छ। विश्वभर कोरोना भाइरसबाट २ करोड ७५ लाख ९१७ जना संक्र...