आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

१०७ औँ विपी जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

१०७ औँ विपी जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

समाचार
भदाै २४ काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क...
आज शेयर बजारमा सामान्य सुधार

आज शेयर बजारमा सामान्य सुधार

आर्थिक
भदाै २३ काठमाडौं । धितोपत्र बजारमा आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा मंगलबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ४९५.१५ मा पुगेको छ । सोमबार दोहोरो अङ्कले गिरावट हुँदा नेप्से एक हजार ४८७.८१ अङ्कमा पुगेको थियो । यस्तै आइतबार पनि १०.४५ अङ्कले घटेर नेप्से एक हजार ४९९.९७ मा सीमित भएको थियो । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने पौने दुई अर्बमा सीमित भएको छ । आज कूल १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर रु एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.५८ र होटल उपसमूहको शेयर ४.९६ अङ्कले घटेको छ । यस्तै व्यापार ८१.३, विकास बैंक ७.०४, जलविद्युत् २१.१,...
१२ वर्षमा मकर मेला लाग्ने ईन्द्रेश्वर महादेव मन्दिर

१२ वर्षमा मकर मेला लाग्ने ईन्द्रेश्वर महादेव मन्दिर

समाज
भदाै २३ काठमाडाैं । पनौतीस्थित ऐतिहासिक ईन्द्रेश्वर महादेव मन्दिर । जिल्लाको ऐतिहासिक रमणीयस्थल त्रिवेणी नदी किनारामा अवस्थित यो मन्दिरमा हरेक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ । रासस
दुईवटा गोली लागेको अबस्थामा एक सिंगे मृत गैडा फेला

दुईवटा गोली लागेको अबस्थामा एक सिंगे मृत गैडा फेला

अपराध
भदाै २३ चितवन- चितवन राष्ट्रिय निकुञ्ज भित्र एक सिंगे मृत गैडा फेला परेको छ ।निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको र टाउकोमा दुईवटा गोली लागेको अबस्थामा मृत गैडा फेला परेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । भदौ २१ गते नै उक्त गैडा मृत फेला परे पनि निकुञ्ज प्रशासनले मंगलबार मात्रै सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । सिकारीले गोली हनेर भागेको हुनसक्ने अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन् । ...
पद्दति र प्रणालीको कसीमा कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्ष ?

पद्दति र प्रणालीको कसीमा कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्ष ?

अन्र्तवार्ता
भदौ २३ काठमाडौं । महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औं प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष पूरा भएको छ ।सङ्गठनको नेतृत्व लिएसँगै उनले ‘आफैबाट आजैदेखि परिवर्तनको शुरुआत गरौं’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गरेका थिए । उक्त लक्ष्यसहित १५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम गर्न सबै तहका कमाण्डरलाई निर्देशन दिएकोमा क्रमश ः कार्यान्वयनको चरणमा छ । प्रधानसेनापति थापाले मुख्यरुपमा सङ्गठनभित्र पद्धति र प्रणालीको विकास, आर्थिक अनुशासन, चेनअफ कमाण्ड, व्यावसायिकता, साङ्गठनिक सुधार र स्थापित मूल्यमान्यताको अनुशरणमा जोड दिँदै आएका छन् । नेतृत्व हस्तान्तरणको अर्काे वर्षको कार्यक्रम तय गर्नु अघि नै सङ्गठनका ‘क्यान्सर’ लाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ– पद बहालीको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित समारोहमा प्र...
नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खोल्न मेयरहरुको आग्रह

नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खोल्न मेयरहरुको आग्रह

राजनीति, समाचार
भदाै २३ काठमाडौँ। काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा सेना परिचालन गरी कडाइ गर्दै निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ।मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताए। यसबाहेक सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको उनले बताए। आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा कोभिड मापदण्ड पाल...
उपत्यकाको निषेधाज्ञाबारे निर्णय भएन

उपत्यकाको निषेधाज्ञाबारे निर्णय भएन

समाचार
भदाै २३ काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठक निष्कर्षविहीन भएको छ । भक्तपुरका प्रमुुख जिल्ला अधिकारीको ढिलो उपस्थिति भएको र निषेधाज्ञा मोडालिटीबारे आवश्यक छलफल हुन बाँकी रहेकाले निष्कर्षविहिन बनेको हो । निषेधाज्ञा पूर्ण रुपमा नअहटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘सिधै निषेधाज्ञा हट्दैन, संक्रमण फैलँदो अवस्थामा छ, त्यसकारण आम नागरिकलाई सहज हुनेगरी निर्णय हुन्छ,’ उनले भने । निषेधाज्ञाको मोडालिटीमा केही छलफल भए पनि सम्बन्धित निकाय र व्यक्तिसँग छलफल नभएका कारण मंगलबार निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबारेमा बुधबार छलफल हुने बताए । ‘आज सुरक्षाको विषयमा केही छलफल भयो, बा...
कोरोना संक्रमणकाे लक्षण  छैन कांग्रेस महामन्त्री शशांक कोइरालालाई

कोरोना संक्रमणकाे लक्षण छैन कांग्रेस महामन्त्री शशांक कोइरालालाई

स्वास्थ्य
भदाै २३ काठकाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।‘उहाँलई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगी भरत तिवारीले नेपालखबरसँग भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’ कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए।‘हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ तिवारीले भने,  ‘उहाँ स्वस्थ हुनुहुन्छ।’ ...
राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम

समाचार
भदौ २३ काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा ...
भर्खरै WHO ले जारी गर्यो यस्तो डरलाग्दो सुचना

भर्खरै WHO ले जारी गर्यो यस्तो डरलाग्दो सुचना

समाचार
भदाै २३ काठमाडौँ। विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ। सोमवार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन्। उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन्। डब्लुएचओको जेनेभास्थित मुख्यालयको प्रेस ब्रिफिङमा टेड्रोसले भने, ’कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ।’ त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने उनले बताए। सन् २०१९को डिसेम्बर महिनामा चीनको वुहान शहरमाबाट फैलिन शुरु भएको कोरोना भाइरसले हालसम्म विश्वमा २ करोड ७४ लाख ८९ हजार ३ सय ७१ जना संक्रमित बन...