आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मेलम्चीको पानी यो दशैंमा पनि काठमाडौं नआउने

भदाै २३ काठमाडौं । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने घोषणा गरिएको थियो । प्रधानमन्त्री ओली मात्रै होइन, खानेपानीमन्त्री विना मगरले वर्षेनी मेलम्चीको पानी दशैंमा आउने बताउँदै आएकी थिइन् । ९७ प्रतिशतभन्दा पूरा निर्माण भइसकेर पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने हो भन्ने अझै निश्चित छैन ।

तीन महिनाअघि मात्रै पनि मन्त्री मगरले दशैंसम्म पानी काठमाडौंवासीले खान पाउने बताएकी थिइन् । तर, भदौको अन्तिम साता आएर अझै तीन महिना पानी नआउने समाचार आएको छ ।

आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ। खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो।

अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ। 

गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो। मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ। 

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले कात्तिक मंसिररभन्दा पहिले पानी परीक्षण गर्न नसकिने जानकारी दिएका छन् । मेलम्चीको पानी खसाल्ने गेट बनाउनुपर्ने भएकाले भाका सारिएको हो ।सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *