बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

निषेधाज्ञामा पनि धमाधम बन्दैछ ‘धरहरा’

भदाै २३ काठमाडाैँ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा लागू भएपछि बजार पसल र कलकारखाना बन्द भइरहेका बेला पुरातात्विक महत्वको धरहराको पुनर्निर्माण भने धमाधम भइरहेको छ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले धरहराको १० औँ तलाको ढलान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। उनका अनुसार कामदारले निषेधाज्ञामा पनि धरहराको काम जारीराखेका छन्।

साढे चार वर्ष पहिलेकाे भूकम्पले भत्किएकाे धरहरा गत वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि पुननिर्माण सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *