आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

समाचार
असोज १४ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ। कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ। सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए। मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ। ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ। हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ्रे बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० ...
अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने

अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने

समाचार
असोज १४ काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ। विभागले आज सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ। प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ। मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ। सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभाग र ट्राफिक ...
वामदेव गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

वामदेव गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

राजनीति
असोज १४ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई सरेको छ । आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासको पूणर् इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिएका छन् । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय नबदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ...
सबै शैक्षिक संस्थाहरु खुल्ला

सबै शैक्षिक संस्थाहरु खुल्ला

समाचार
असोज १४ काठमाडौं । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ ।त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताउनुभयो ।कोरोनाभाइरसको महामारीका बारेमा विश्लेष...
नयाँ रेकर्ड राख्दै फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

नयाँ रेकर्ड राख्दै फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आर्थिक
असोज १४ काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५ सय रुपैयाले बढेको हो ।मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...
कोषको रकमबाट पिसिआर मेसिन

कोषको रकमबाट पिसिआर मेसिन

समाचार
असोज १४ विराटनगर । कोभिड राहत कोषमा रु ७७ लाख ३७ हजार ३५४ जम्मा भएको मोरङ व्यापार सङ्घले जनाएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने उद्देश्यले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मोरङ व्यापार सङ्घमा प्रकाश मुन्दडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे तथा नागरिक समाजको अरुण न्यौपानेसमेतको आह्वानमा सो रकम कोषमा जम्मा भएको हो । निजी क्षेत्र तथा नागरिक समाजको तर्फबाट स्वःस्फूर्त रुपमा आर्थिक सङ्कलन गरी खडा गरेको सो कोषमा जम्मा भएको रकमबाट पिसिआर मेसिनमा ३१ लाख ६४ हजार र आर एनए एक्स्ट्र मेसिनमा ३१ लाख ९९ हजार ९९९ खर्च भई बचत रहेको रु तीन लाख ७३ हजार ३५४ आगामी दिनमा आवश्यकताअनुसार खर्च गर्ने मोरङ व्यापार सङ्घका अध्यक्ष मुन्दडाले जानकारी दिए । उनले विषम परिस्थितिमा दुबै मेसिन खरिद गर्न मानवीय सेवा भावले निजी र नागर...
राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको मर्मस्पर्सी लोकदोहोरी गीत नेपाल तिरै जाम

राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको मर्मस्पर्सी लोकदोहोरी गीत नेपाल तिरै जाम

मनोरन्जन
असोज १४ काठमाडौं । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत नेपालतिरै जाम सार्वजनिक गरेका छन् । चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् । युवाहरु विदेशी एर भोग्नु परेको यथार्थ घटनालाई गीत प्रस्तुत गरिएको छ । अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधब सिग्देल को रहेको छ । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक दिवकोटा ,नेपाल छाँयाकन दुर्गा पौडेल ,सम्पादन विष्णु शर्मा ले गरेका छन् । साहि भिजन प्रालि द्वारा निमार्ण गरिएको भिडियोलाई सर्जक तथा गायक माधब सिग्देलले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । https://youtu.be/97wd91BwdpA ...
नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिने

नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिने

समाचार
 असोज १४ काभ्रे । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो । नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताउनुभयो । (रासस) ...
बलात्कार गरेको आरोप लागेका निर्देशक अनुरागले मुम्बई छोड्न नपाउने

बलात्कार गरेको आरोप लागेका निर्देशक अनुरागले मुम्बई छोड्न नपाउने

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं ।बलिउड फिल्म निर्माता एवम् निर्देशक अनुराग कश्यपलाई मुम्बई प्रहरीले मुम्बई नछोड्न आदेश दिएको छ । दक्षिण भारतीय अभिनेत्री पायल घोषलाई बलात्कार गरेको आरोप लागेको निर्देशक कश्यपलाई मुम्बई प्रहरीले थप अनुसन्धान गर्नको लागि बिना अनुमति मुम्बई नछोड्न आदेश दिएको हो । घोषले कश्यप माथि सेक्सुअल ह्र्यासमेन्टको आरोप लगाएकी छिन् । मुम्बईको वर्सोवा प्रहरी चौकीले भोलि १ अक्टोबर बिहान ११ बजे कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । आज कश्यप विरुद्ध उजुरी भने दर्ता भएन कारण घोषका वकिलले भने उजुरी दर्ता गर्नका लागि कुनै पनि महिला अधिकारी प्रहरी चौकीमा देखिएन। कश्यपलाई पक्राउ नगरे आफु अनसन समेत बस्ने चेतावनी दिएकी घोषले आफ्नो सुरक्षाको लागि सुरक्षा गार्ड समेतका माग गरेकी थिइन, मुम्बईका राज्यपाल भगत सिंहसँग । यसैबिच अनुराग कश्यपले भने बलात्कार नगरेको दावी गर्दै आएका छन् । उनले सन् २०...
प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ

समाचार
असोज १४ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।बुधबार आएको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेलले बताएका छन्। भान्छामा कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि थापा केही दिनदेखि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए। ...