असोज १४ काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५ सय रुपैयाले बढेको हो ।मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
