आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आइफोन १२ को उत्पादनमा तीव्रता दिइँदै

आइफोन १२ को उत्पादनमा तीव्रता दिइँदै

समाचार
असोज १४ काठमाडौं । एप्पलले यसै सेप्टेम्बर महिनामा बहु प्रतिक्षित स्मार्टफोन आइफोन १२ सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो।तर भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको सेप्टेम्बरको प्रोडक्ट लन्च कार्यक्रममा आइफोन १२ को कुनै जानकारी दिइएन। यतिबेला भने आइफोन १२ उत्पादनका लागि चिनियाँ कारखानाहरुमा तीव्र गतिमा काम भइरहेका छन्।साउथ चाइना मर्निङ पोस्टका अनुसार हाल ताइवानको बहुराष्ट्रिय प्रविधि कम्पनी फक्सकनको चीनस्थित कारखानामा २४ घण्टा नै आइफोना १२ को उत्पादन भइरहेको छ। जेनझाउको कारखानामा कामदारहरुलाई ओभरटाइम काम गर्न दिएको साथै सार्वजनिक विदामा समेत विदा नदिएको बताइएको छ।यसरी कामदारहरुले पहिलेभन्दा बढी तलब पनि पाइरहेका छन्। एप्पलले चाँडै आइफोना १२ का चारवटा मोडलहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यी फोनहरुमा फाइभ–जी चल्नेछन्। अक्टोबर महिना भित्रै आइफोना १२ सार्वजनिक हुने अनुमान गरिएको छ।...
महामारीकै बीच पोखरा-दिल्ली बस सेवा सञ्चालन हुँदै

महामारीकै बीच पोखरा-दिल्ली बस सेवा सञ्चालन हुँदै

समाचार
असोज १४ काठमाडौं । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ। पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पुर्याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए। विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने...
उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

समाचार
असोज १४ काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमित थपिने दर बढेको छ ।बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित ११२ जनामा कोरोना पुष्टि भएको छ ।बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना ...
१५५९ जनामा कोरोना पुष्टि,७ जनाको मृत्यु  १०५७ डिस्चार्ज

१५५९ जनामा कोरोना पुष्टि,७ जनाको मृत्यु १०५७ डिस्चार्ज

समाचार, स्वास्थ्य
 बुधबार देशभर एक हजार ५५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५५९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ। यस्तै आज काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। गत २४ घण्टामा १२ हजार ...
दशैं अगाडि लकडाउन गर्ने तयारी छैन, स्कुल र सिनेमा हल बाहेक सबै क्षेत्र खुलाउने

दशैं अगाडि लकडाउन गर्ने तयारी छैन, स्कुल र सिनेमा हल बाहेक सबै क्षेत्र खुलाउने

समाचार, समाज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ पुगे पुन लकडाउन गर्नुपर्ने बताइरहेका बेला सरकारले भने स्कुल र सिनेमा हल बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने तयारी गरेको छ। मंगलबार बसेको सीसीएमसीको बैठकमा दशैं अगाडि लकडाउन गर्ने कुनै संभावना नरहेको निष्कर्ष निकाल्दै यसअघि बन्द गरिएका सबै क्षेत्र खुलाउने विषयमा छलफल भएको हो। हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन्। स्वास्थ्य मन्त्रालयको मापदण्डलाई ख्याल गर्दै स्कुल र सिनेमा घर बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। सो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबारसम्म जवाफ दिन निर्देशन दिइएको ती मन्त्रीले जानकारी दिए। सरकारले बन्द रहे...
नेपाल विद्युत प्राधिकरणले असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलिने

नेपाल विद्युत प्राधिकरणले असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलिने

समाचार, समाज
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । यसअघि मंगलबार ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।  प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्ग...
विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा : कक्षा १२ को परीक्षा

विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा : कक्षा १२ को परीक्षा

शिक्षा, समाचार
कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो।  उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन्।  तत्काल निर्णय नभएका दसैं अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ। दसैंपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ। यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५...
कोरोनाका कारण बन्द भएको अनराइभल भिसा कात्तिक १ गते देखि खुला गरिने

कोरोनाका कारण बन्द भएको अनराइभल भिसा कात्तिक १ गते देखि खुला गरिने

समाचार
असोज १४ काठमाडौं । कोरोना भाइरसको कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते देखि खुला गर्ने भएको छ । कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने विषयमा अन्योल थियो । पर्यटन व्यवसायीहरूले पदयात्रा र पर्वतारोहण खुला गरे पनि अनराइभल भिसाका बारेमा निर्णय नगर्दा नेपाल आउन चाहने पर्यटक अन्योलमा परेको भन्दै सरकारसँग पटकपटक अनराइभल भिसा खुला गर्न माग गरेका थिए । पर्यटन मन्त्री योगेश भट्टराईले अनअराइभल भिषाको पेमेन्ट सिस्टमलाई समेत सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंक तथा गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय भइरहेको बताएका छन् । अब नेपाल आउन चाहने पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर आउन सक्ने उनले बताए । समूहमा नेपाल आउने पर्यटकहरूका लागि अनराइभल भिसा खुला गरिएको र नेपाल आउने पर्यटक ७ दिन अनिवार्य रूपमा क्...
भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि

भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो । ‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ,’ सचिवालयले ट्विटमार्फत भनेको छ । साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ । ...
ट्रम्प र बाइडेन बीच बहस शुरु

ट्रम्प र बाइडेन बीच बहस शुरु

अन्तराष्ट्रिय
असोज १४ वाशिङटन । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ ।दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त बहस प्रत्यक्ष प्रसारण गरिएको छ । ट्रम्प र बाइडेनबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए । बाइडेनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ मा ७५० डलर आयकर तिरेका थिए । ...