आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई  कोरोना संक्रमण

लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।२९ वर्षीय मिडफिल्डरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् । यही सिजनमा जर्मन क्लब बार्यन म्युनिखबाट लिभरपुलमा अनुबन्ध भएका उनले लिभरपुलबाट डेब्यु गरिसकेका छन् । चेल्सीसँगको खेलमा टिमबाट डेब्यु गरेका उनी सब्स्टीच्युडका रुपमा मैदान प्रवेश गरेका थिए । कोरोना भाइरसकै कारण उनले मंगलबार भएको आर्सनलविरुद्धको प्रिमियर लिगको खेल गुमाएका थिए ।थियोगोबारे लिभरपुलले भनेको छ, ‘थियागोलाई सामान्य लक्ष्यण देखिएको छ तर स्वास्थ्य राम्रो छ र उनी निको हुँदैछन् ।’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले कोभिड–१९ विरुद्धका सबै किसिमका प्रोेटोकल फलो गरेको छ र थियागो आवश्यक पर्ने समयसम्मका लागि सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।’ सोमबार म...
कोरोनाको महामारीका कारण हात मुत जोड्नै धौ धौ, कसले किन्ने सुनचाँदी ?

कोरोनाको महामारीका कारण हात मुत जोड्नै धौ धौ, कसले किन्ने सुनचाँदी ?

शिक्षा
असोज १४ काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लामो बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो भएसँगै अहिले आर्थिक क्षेत्र चलायमान हुँदै गएको छ । तर, बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प अवस्थामा छ । मूल्य अकासिएपछि गत आर्थिक वर्षको सुरुदेखि नै सुनचाँदीको व्यवसाय खस्किँदै आएको थियो । त्यसमाथि कोरोना महामारी र त्यसको नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण सुनको व्यवसाय थप प्रभावित भएको थियो । तर, अहिले बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो हुँदा व्यवसायमा सुधार आउने अपेक्षा गरिए पनि कुनै सुधार नआएको व्यवसायीहरु बताउँछन् । अहिले दसैं–तिहारजस्ता चाडपर्वको सिजन पनि नजिकिँदै छ । सामान्य अवस्थामा यो समय सुन कारोबार उच्च हुनुपर्थ्यो । तर, यसपालि सुनको व्यवसायमा कुनै रौनक नआएको व्यवसायीहरुको गुनासो छ । सुनको मूल्य उच्च भएकैले यसको कारोबार हुन नसके...
हुम्लाको लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा

हुम्लाको लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा

समाचार
असोज १४ हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो । हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो । हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन ह...
पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् ;मुकेश अम्बानी

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् ;मुकेश अम्बानी

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट २०२० सम्म १ हजार करोड भारु र त्योभन्दा बढि सम्पत्ति भएका भारतका सबैभन्दा धनी व्यक्तिलाई यो सूचीमा राख्ने गरिन्छ ।नवौं वर्ष लगातार पहिलो स्थानमा अम्बानीःयो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नवौं स्थानमा शीर्ष स्थानमा छन् । रिपोर्टका अनुसार मुकेश अम्बानीको कूल आय ६,५८,४०० करोड भारु छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । सन् २०२० को एडिशनमा ८२८ भारतीय समावेश छन् ।रिपोर्टका अनुसार ६३ वर्षका अम्बानीले ...
हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

राजनीति
असोज १४ काठमाडौं । मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् ।जनआस्था साप्ताहिकसँगको कुराकानीमा पण्डितले भनेका छन्, प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको डिष्टिङ्कसन नम्बर हो । डिष्टिङ्सनलाई फेल भन...
६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस

६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बेनिफिकाका डिफेन्डर रुबेन डायसलाई अनुबन्ध गरेको छ । बुधबार बिहान सिटीले डिफेन्डरलाई ६ वर्षका लागि टिममा अनुबन्ध गरेको जनाएको हो । २३ वर्षीय याडसका लागि सिटीले ६५ मिलियन पाउण्ड खर्च गरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनमा डायससहित तीन जना खेलाडीलाई टिममा अनुबन्ध गरेका हुन् । यसअघि उनले डिफेन्डरमा नाथन आके र फरवार्डमा फेरान टोरेसलाई अनुबन्ध गरेका थिए । सिटीसँग आवद्ध भएपछि डायसले आफूले क्लबलाई पछि पर्न नदिने बताएका छन् । ‘म्यान्चेस्टर सिटी जस्तो क्लबमा आवद्ध हुने अवसर पाएकोमा उत्साहित छु । मैले क्लबलाई पछि पर्न दिनेछैन,’ डायसले भनेका छन् । राम्रो टीम र विश्व स्तरका प्रशिक्षकसँग खेल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनले बताएका छन् । पोर्चुगलका राष्ट्रिय टोलीका खेलाडी डायसले बेनिफिकाको एकेडेमीबाट आएका खे...
हैदरावादको पहिलो जीत ;आईपीएल

हैदरावादको पहिलो जीत ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं ।आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ ।अबु धावीमा आज भएको खेलमा सनराजर्सस हैदरावादसँग दिल्ली १५ रनले पराजित भएको हो । हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २०ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो। हैदरावादका लागि जोनी बेयरस्टोले ५३ रन बनाए । यस्तै डेभिड वार्नरले ४५ तथा केन विलियम्सनले ४१ रन बनाए ।दिल्लीका कागिसो रबाडा र अमित मिश्राले २–२ विकेट लिए ।यस्तै १६३ रनको लक्ष्य पछ्याएको दिल्ली १४७ रनमा समेटियो । दिल्लीका लागि शिखर धवनले ३४ र ऋषभ पन्तले ३२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।हैदरावादका राशिद खानले तीन तथा भुवनेश्वर कुमारले २ विकेट लिए। ...
कुवेतका राजा शेख शबाह अल अहमदको निधन

कुवेतका राजा शेख शबाह अल अहमदको निधन

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी विगत लामो समयदेखि बिरामी थिए। शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।
पिसीआर रिपोर्टका लागि बाध्य नबनाउन काठमाडौं महानगरपालिकाको अनुरोध

पिसीआर रिपोर्टका लागि बाध्य नबनाउन काठमाडौं महानगरपालिकाको अनुरोध

समाचार
असोज १४ काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पिसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौं महानगरपालिका ले घरधनीहरुलाई अपिल गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज एक अपिल जारी गर्दै, कसैलाई पनि पिसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो । डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पिसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासा आएका छन् । अपिलका विषयमा स्पष्ट पार्दै महाशाखा प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — संकटको घडीमा समस्या व्यवस्थापन गर्न यस्तो आग्रह गरिएको हो । कोरोना (सार्स कोव २) भाइरसको प्रभाव देखिन कम्तीमा ५ दिन लाग्ने भएकोले अनुपयुक्त समयमा परीक्षण गर्नु र नगर्नुमा फरक हुँदैन । त्यसैले लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय हो । निर्देशक कुँव...
काठमाडौं- ३० मैतीदेवीमा राजकुलो अतिक्रमण गरि बनाइएका संरचना भत्काइयो

काठमाडौं- ३० मैतीदेवीमा राजकुलो अतिक्रमण गरि बनाइएका संरचना भत्काइयो

समाचार
असोज १४ काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३० मैतीदेवी मन्दिर पछाडी राजकुलो अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ। स्थानीयहरुको उजुरीका आधारमा    महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको हो। महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको थियो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने बताउदै  स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको बताएका छन  । यसअघि काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा क्षेत्र, बौद्ध तथा स्वयम्भू र अनामनगरक्षेत्रमा भएको अतिक्रमण हटाएको थियो । ...