असोज १४ काठमाडौं । त्रिभुवन विश्व विद्यालयले परिक्षा संचालन सम्बन्धि जरुर सुचना प्रकासित गरेको छ। विभिन्न तहका परिक्षा संचालनको मिति सहितको सुचना निकालेको विश्व विद्यालयले परीक्षाको तयारी गर्नका लागि सबैमा आग्रह गरेको छ ।
असोज १४ काठमाडौं ।रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।उहाँले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । ...
असोज १४ काठमाडौं ।तरुण दल काभ्रेका सभापति दावा लामा अहिले समाजसेवामा अग्रपंक्तिमा देखापरेका छन।सोही क्रममा उनले आर्थिक अवस्था कमजोर भएका बिरामी बालकका परिवारलाई उपचारका लागी आर्थिक सहयोग गरेका छन ।
उनको पहलमा बिगत ५ महिना देखि ब्लड क्यान्सरले थला परिरहेका काभ्रे पाँचखालका आशिष् दोङको ३ बर्षिय छोरा आरुस दोङलाई आर्थिक सहयोग गर्ने उदेश्यले नेपाली काङ्ग्रेसका काभ्रेका जनप्रतिनिधिहरु जिल्ला सदस्य अर्जुन सापकोटा, क्षेत्रिय उपसभापती बेल लामा, भुम्लु गाउँपालिका का जिल्ला सदस्य तस्बिर लामा ,क्षेत्रीय सदस्य सान बहादुर तामाङ, थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामा, समाजसेबी हस्त बहादुर लामा, ओम लामा लगायतले ६७ हजार एक सय दस रुपैया संकलन गरि बिरामीको घरमै पुगी उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
...
असोज १४ काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताउनुभयो ।‘उपत्यकाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट जारी निषेधाज्ञा तथा जोर–विजोर सेवा हटिइसकेको अवस्था छैन, उहाँले भन्नुभयो– नियमित कारवाही अन्तरगत अनुगमन कार्यलाई थप कडा पारेको हो ।उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ । जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै...
असोज १४ काठमाडौं । लण्डन क्लब चेल्सी काराबाओ कपबाट बाहिरिएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसँग पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो ।
गएराति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा टोटेनहम ५–४ ले विजयी भयो ।
चेल्सीका मासन माउन्टले पेनाल्टीमा गोल गर्न नसकेपछि पराजित भएको हो । जितसँगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।
खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलबाट लिएको थियो । खेल सकिन ७ मिनेट अघि इरिक लामेलाले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याएका थिए ।
...
बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’
पायलले सोमबार राज्यसभा सदस्य रामदार अठावलेसँग एक पत्रकार सम्मेलन गरेकी थिइन् । त्यहाँ उनले अनुराग कश्यपमाथि आरोप लगाएपछि आफूलाई ज्यानको खतरा भएको बताएकी थिइन् । आज पायल यही विषयमा कुरा गर्न महाराष्ट्रका गभर्नरलाई भेट्न गएकी थिइन् । अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी पायलले पुलिसले यस विषयमा कारवाही अगाडि नबढाएको भन्दै हिजो बर्सोवा पुलिस स्टेशन गएकी थिइन् । उनले पुलिसले कारवा...
प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन ।
प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सि.सि.को पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
गत साउनदेखि डलर साट्ने बहा...
मेष – आय वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुख–सुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।
बृष – शुभ काममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्मकर्ममा रुचि बढ्ला ।
मिथुन – नियमकानूनलाई ...
असोज १३ काठमाडौं । नेपालको चीनसँगको व्यापारिक तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
मंगलबार सिन्धुपाल्चोकमा नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले उक्त निर्णय गरेको हो । नेपाल र चीनबीचको महत्वपूर्ण व्यापारिक नाका मानिने तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो ।
असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुई पक्षीय बैठकमा नेपालतको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारीको सहभागिता रहेको थियो ।
लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा रहेका सामान थन्किएको थियो ।
व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।
...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलबार) पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने ९ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ ।
बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।
कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु...