आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ऊर्जा मन्त्रीको निर्देशन, रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्नु

ऊर्जा मन्त्रीको निर्देशन, रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्नु

समाचार, समाज
कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन । ...
हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

समाचार
असोज १३ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ । विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा सञ्चालन हुने गरेको परिपेक्ष्यमा नेपालमा पनि हवाई सेवाको शुरुदेखि नै निगमले भूमिस्थ सेवा दिँदै आएको र यस क्षेत्रमा अर्बौ लगानी भएको भन्दै निगमले अन्य संस्थालाई त्यस्तै जिम्मेबारी दिन नहुने जिकिर गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै निगमको अनवरत सेवा र प्रविधिक स्रोतसाधनमा गरेको खर्चलाई मध्यनजर गर्दै अन्य कुनै संस्थालाई भूमिस्थ सेवाको जिम्मा दिने निर्णय अहिलेको परिस्थितिमा कुनै पनि हालतमा न्यायिक हुन नसक्ने ठहर गरेको छ । ‘निगमले विद्यमान अवस्थामा हरेक कोण र स्थितिबाट यस निर्णयलाई कुन...
शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

आर्थिक
असोज १३ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ । कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको र...
आज मंगलबार सुनको मूल्य वृद्धि

आज मंगलबार सुनको मूल्य वृद्धि

आर्थिक
असोज १३ काठमाडौं । आज मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ । ...
गभर्नर अधिकारीको कोभिडको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउनु मुख्य प्राथमिकता

गभर्नर अधिकारीको कोभिडको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउनु मुख्य प्राथमिकता

आर्थिक, समाचार
 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्रलाई जोगाउनु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । बाणिज्य बैंकका अध्यक्षहरुसँग मंगलबार भर्चुअल मिटिङमा बोल्दै गभर्नर अधिकारीले पहिलो प्राथमिकता कोभिड १९ को असरबाट बाहिर आउनु र दोस्रो प्राथमिकता मर्जर रहेको जानकारी दिए । ‘अहिले तत्कालको प्राथमिकता भनेको कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउनु हो’ उनले भने, ‘त्यसपछि मात्र मर्जरको विषयलाई प्राथमिकता दिनुपर्छ ।’ गभर्नर अधिकारीले कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउन विभिन्न उपाय अपनाइएको समेत जानकारी दिए । उनले नगद लाभांस वितरणमा कडाइ गरेर बैंक तथा वित्तिय संस्थालाई समस्यामा पर्नबाट जोगाएको दावी गरे । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजभन्दा बढी नगद लाभांश बाँड्न नपाउने ब्यवस्था गरेको छ । यसै...
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् । यस्तै आज देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ।   पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।  यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना...
रुसले बनाएको कोरोनाको खोप नेपाल ल्याउने सम्झौता

रुसले बनाएको कोरोनाको खोप नेपाल ल्याउने सम्झौता

समाचार
असोज १३ काठमाडौं । रुससँग कोभिड-१९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ । रुसको स्पुतनिक-भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको हो । उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दै...
थप १० कोरोना संक्रमितको मृत्यु

थप १० कोरोना संक्रमितको मृत्यु

समाचार
असोज १३ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ । ...
कोरोना संक्रमणबाट टिचिङ अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट टिचिङ अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

समाचार, स्वास्थ्य
त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाले जानकारी दिए।   मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन्।  मृतक स्वास्थ्यकर्मीमा दम र थाइराइडको पनि समस्या थियो। उनमा संक्रमण पुष्टि भएपछि भने निमोनियाको पनि समस्या देखिएकाले असोज ३ गते आइसियूमा भर्ना गरिएको थियो। पछि भेन्टिलेटरबाट निकालिए पनि उनको स्वास्थ्यमा सुधार नदेखिएको डा. थपलियाले जनाए।  मृतक स्वास्थ्यकर्मीको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।  ...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना

समाचार
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।उपत्यकाका तीन जिल्लामा आज (मंगलबार) थप ९३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो एकै दिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै धेरै भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका हजार ५१३ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । ...