शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कोरोना संक्रमणबाट टिचिङ अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाले जानकारी दिए। 

 मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन्।  मृतक स्वास्थ्यकर्मीमा दम र थाइराइडको पनि समस्या थियो।

उनमा संक्रमण पुष्टि भएपछि भने निमोनियाको पनि समस्या देखिएकाले असोज ३ गते आइसियूमा भर्ना गरिएको थियो।

पछि भेन्टिलेटरबाट निकालिए पनि उनको स्वास्थ्यमा सुधार नदेखिएको डा. थपलियाले जनाए। 

मृतक स्वास्थ्यकर्मीको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *