आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण

समाचार
असोज १३ काठमाडौं ।नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थप थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ...
यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

मनोरन्जन
असोज १३ काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ।खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कार तथा सम्मान विवाद भएका कारण रद्द गरिएको हो। ‘सो पुरस्कार र सम्मान आइतबार घोषणा भएपछि केहि विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्। पद्मश्री साहित्य पुरस्कार डा. सञ्जीव उप्रेतीको हंस उपन्यास र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने घोषणा गरिएको थियो। तर सो घोषणा गरेलगत्तै यौन शोषणक...
प्रहरी समायोजनको बाटो खुल्यो

प्रहरी समायोजनको बाटो खुल्यो

राजनीति
असोज १३ काठमाडौं ।उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखि...
प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने

प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने

मनोरन्जन
असोज १३ काठमाडौं । सहासिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट पोखरामा सञ्चालनमा आउने भएको छ । नेपालको चर्चित पर्यटकीय स्थल पोखरामा व्यवसायीक रुपमा खेलाईदै आएको प्याराग्लाइडिङ कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द थियो । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने पक्का भएको हो ।अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था (नाका) ले जनाएको छ ।  ...
९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला

९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला

मनोरन्जन
असोज १३ काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म समितिले ९३ औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला गरेको छ। सोमबार विज्ञप्ति मार्फत प्रतिस्पर्धामा सहभागी हुन चाहनेले असोज १३ देखि असोजको २९ गतेसम्म नेपालको अस्कर कमिटीलाई आवेदन बुझाउनु पर्ने छ। यो वर्षको अस्करमा सहभागीता हुनको लागि केही नियमहरु पनि परिवर्तन भएका छन्। परिवर्तित नियममा महामारीको कारण प्रदर्शन गर्ने मिति तोकेर पनि प्रदर्शन हुन नसकेको चलचित्रले पनि सहभागिता जनाउने पाउने प्रावधान आएको छ। यो भन्दा अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र हलमा प्रदर्शन भएर कम्तीमा एक साता चलेको हुनुपर्ने थियो। यो वर्ष भने कोरोनाले प्रदर्शनमा प्रभाव पारेको चलचित्रले पनि सहभागिता पाउनेछन्। यसका लागि चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र प्रदर्शन रोकिएको पत्र नेपाल अस्कर कमिटीलाई बुझाउन पर्ने छ। यस्तै हलमा प्रदर्शन रोकिएर स्ट्रिमिङ साइ...
बेलायतको तीन अर्ब ५२ करोड अनुदान सहयोग

बेलायतको तीन अर्ब ५२ करोड अनुदान सहयोग

राजनीति
असोज १३ काठमाडौं । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायत सरकारले उपलव्ध गराउने भनेको २२.५ मिलियन पाउण्डस्टिर्निङ करीव तीन अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । ...
अख्तियारले बैतडीको पाटन नगरपालिकाका कागजात नियन्त्रणमा लियो

अख्तियारले बैतडीको पाटन नगरपालिकाका कागजात नियन्त्रणमा लियो

समाचार
असोज १३ बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उहाँले बताउनुुभयो । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको ठ...
आउँदो कात्तिक देखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

आउँदो कात्तिक देखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

समाचार
असोज १३ काठमाडौं ।आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ ।सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् । विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी ...
प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् । प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए । सन् २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ। ...
आज बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा बिजुली जाने

आज बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा बिजुली जाने

समाचार, समाज
काठमाडौं । आज बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो । यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणको सूचनामा भनिएको छ ‘ग्राहक वर्गमा पर्न गएका असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक...