आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आर्सनल माथि लिभरपुलको जीत

आर्सनल माथि लिभरपुलको जीत

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं । पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो । २५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर लाकाजेटीले भ्रमण टोली आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । पछि परेको लिभरपुलका लागि २८ औँ मिनेटमा साडिओ मानेले बरबरी गोल गरे । ३४ औँ मिनेटमा एन्ड्रू रोबर्टसनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो । ८८ औँ मिनेटमा डिओगो जोटाले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो । लिगमा सुरुका दुई खेलमा जित निकालेको मिकेल आर्तेताको आर्सनल तेस्रो खेलमा भने पराजित भयो । लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल ग...
उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

आर्थिक, समाचार, समाज
 काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अ...
भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

समाचार
असोज १३ खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँप...
झापामा कारागार भित्रै आइसोलेसन

झापामा कारागार भित्रै आइसोलेसन

समाचार
असोज १३ काठमाडौं ।कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ ।कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए। महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले बताए।हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन्। कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेसन निर्माण गरिएको गौतमले बताए। क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको सङ्क्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए। जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेसनमा अलग्गै शौचालयको व्यवस्था समेत मिलाइएको छ...
मुम्बइविरुद्ध बेंग्लोरको सुपर ओभरमा रोमाञ्चक जित ;आईपीएल

मुम्बइविरुद्ध बेंग्लोरको सुपर ओभरमा रोमाञ्चक जित ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं ।आईपीएल २०२० को दशौँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बइ इण्डियन्सविरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ ।टस हारेर ब्याटिङ गरेको रोयल बेंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । यसका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए । २०२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । जसमा मुम्बइका किसनले ९९ रनको योगदान दिएका थिए । दुबै टीमले समान २०१ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो । सुरुको १० विकेटमा सुस्ताएको मुम्बइले १३ औँ ओभरपछि आक्रामक पारी खेलेको थियो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बइले १ विकेटको क्षतिमा ६ बलमा मात्र ७ रन बनाउन सक्यो । जवाफमा बेंग्लोरले ११ रन बनायो । उसका लागि क्याप्टेन विराट कोहलीले सुपर ओभरमा १ चौकाको योगदान दिएका थिए । जारी आईपीएलमा बेंग्लोर र मुम्बइबीचको यो खेल दोस्रो...
नर्वेका राजा हेराल्ड उपचारपछि विरामी विदामा बस्ने

नर्वेका राजा हेराल्ड उपचारपछि विरामी विदामा बस्ने

अन्तराष्ट्रिय
असोज १३ काठमाडौं ।नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्ने दरबारले जानकारी गराएको छ।गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ। अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ।”उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ।उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ। सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा ...
आज असोज १३ गते मंगलबारको राशिफल

आज असोज १३ गते मंगलबारको राशिफल

राशिफल
आज २०७७ असोज १३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्...
Australian ambassador calls on President

Australian ambassador calls on President

राजनीति
Kathmandu, Sept 28:Ambassador of Australia to Nepal, Peter Budd, paid a courtesy call on President Bidya Devi Bhandari today.In the meeting took place at the President House, Shital Niwas, President Bhandari congratulated the Ambassador Budd for successfully completing his term and also expressed her confidence that the relations between the two countries would grow stronger in the days to come, Spokesperson for the Office of the President, Hari Prasad Dahal, said. (RSS)
बालुवाटारमा ओली-प्रचण्डबीचको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन

बालुवाटारमा ओली-प्रचण्डबीचको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन

राजनीति
असोज १२ काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनलगायतका विभिन्न विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा चलेको अढाइ घण्टाको छलफल निष्कर्षबिहीन सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डबीच झण्डै अढाइ घण्टा छलफल भए पनि सहमति निस्किनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयमा मुख्य केन्द्रित रहेर छलफल भएको भए पनि उक्त छलफल कुनै पनि टुंगोमा पुग्न नसकेको जनाइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु साप्कोटाले पनि दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक निकायलाई पूणर्ता दिने कुरामा छलफल भए पनि ठोस सहमति बनिनसकेको जानकारी दिएका छन् । आजको छलफलमा मन्त्रालय बाँडफाँडमा ...
बैङ्लोर र मुम्बई आज भिड्दै ;आईपीएल

बैङ्लोर र मुम्बई आज भिड्दै ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र भारतकै अर्का सफल खेलाडी राहित शर्माले नेतृत्व गरेका दुई टोली आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा आमनेसामने हुँदैछन् । शारजहा त्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर र रोहितको मुम्बई इन्डियन्स मैदान उत्रिनेछन् । विराट कोहली विश्व क्रिकेटमै सफल खेलाडी हुन् । तर, उनले आईपीएलमा भने टीमलाई उपाधि दिलाउन सकेका छैनन् । बैंङ्लोरका लागि कोहलले व्यक्तिगत राम्रो गरेपनि टीमले उपाधि भने उचाल्न सकेको छैन् । यता, रोहित भने व्यक्तिगत रुपमा जति सफल खेलाडी मानिन्छन् त्यति नै उनले आईपीएलमा आफ्नो टीमलाई सफलता दिलाइसकेका छन् । साविक विजेता मुम्बई बैङ्लोरलाई रोक्ने लक्ष्यमा छ । किनकी यस सिजनमा मुम्बईले खेलेका तीन खेलमा दुई जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ । आफ्नो तेस्रो ...