आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

समाचार
असोज १२ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेब  रामसिकिल प्रसाद साह छन्। उनको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हो।उनी महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत थिए। रुघाखोकी र ज्वरो आएका उनमा पीसीआर परीक्षण गर्दा असोज ५ मा कोरोना सकरात्मक देखिएको थियो।उनी स्थानीय अस्पतालमा उपचार गराउँदा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि उपचारका लागि उनी काठमाडौं आएका थिए। काठमाडौंको शिक्षण अस्पताल आएका उनलाई अस्पतालमा बेड नभएपछि रिफर गरिएको थियो।उपचारकैक्रममा उनको आज बिहान निधन भएको हो। ...
घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने

घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने

आर्थिक, समाचार
 दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । शुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा दुई हजार मात्र ल्याइने भएको छ । गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिए । थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ । ...
१८ ब्राण्डका गुणस्तरहीन ह्यान्ड सेनिटाइजरको उत्पादन, बिक्री गर्न रोक

१८ ब्राण्डका गुणस्तरहीन ह्यान्ड सेनिटाइजरको उत्पादन, बिक्री गर्न रोक

आर्थिक, समाचार
गत चैतमा नेपालमा दोस्रो व्यक्तिमा कोरोना देखिएपछि बजारमा सेनिटाइजर, मास्क जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको अभाव चुलिएको थियो । मानिसहरु सेनिटाइजर किन्नकै लागि पसल तथा मेडिकल अगाडि लाइन लाग्ने अवस्था थियो । तर, वैशाख दोस्रो हप्तादेखि बजारमा विभिन्न (नामै नसुनेका) ब्राण्डका सेनिटाइजर छ्याप्छ्याप्ती पाइन थाले । तर, यसरी बजारमा उपलब्ध हुने सेनिटाइजरमध्ये ४५ प्रतिशतजति गुणस्तरहीन हुने गरेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन पाइएको हो । यस्ता सेनिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हानीकारक रसायन मिसाइने गरिएको पाइएको थियो । त्यसपछि औषधि व्यवस्था विभागले पनि बजारमा पाइने सेनिटाइजरको गुणस्तरीयत...
४ जनाको मृत्यु, देशभरमा थप  १३५१ जनामा संक्रमण पुष्टि

४ जनाको मृत्यु, देशभरमा थप १३५१ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । उनीहरुमध्ये ४ सय ८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ७ सय४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

समाचार
असोज १२ काठमाडौं ।व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी गराएका छन् । ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले भनेका छन् । तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् । ...
सुन्तला असोजमै पाक्यो

सुन्तला असोजमै पाक्यो

समाचार
असोज १२ गलकोट – सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “फोहोरपरार यही समयममा उन्सु मात्रै १५/२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ” खड्काले भने “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो,...
कोरोना त्रासले मानसिक समस्या बढ्यो

कोरोना त्रासले मानसिक समस्या बढ्यो

समाचार
असोज १२ काठमाडौं । विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्य कोरोना सङ्क्रमण तथा त्यसको मृत्यु दरका कारण मानसिक रोगी बढेको बताउँछन् । उनले कोरोना लाग्ने डरका कारण पनि कतिपय आत्महत्या सम्मका घटना भएको बताए । डा। शाक्य तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा पनि समस्या बढेको छ भन्नुहुन्छ । मानसिक रोगबाट सुधार भएका व्यक्तिले कोरोना लाग्ने डरले जाँडरक्सी खाने गरेको उनी बताउँछन् । उनले युवापुस्तामा मानसिक समस्या बढी छ । रोगजारी नपाउनुका ...
अर्बपति ट्रम्पको आय कर ‘७५० डलर’ मात्रै

अर्बपति ट्रम्पको आय कर ‘७५० डलर’ मात्रै

अन्तराष्ट्रिय
असोज १२ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ। राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ । ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ । सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ । ट्रम्पले न्यूर्योक टाइम्सको खबरलाई ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका ...
७२ करोडको सेयर बेचेर सोल्टीबाट बाहिरियो हङकङको कम्पनी

७२ करोडको सेयर बेचेर सोल्टीबाट बाहिरियो हङकङको कम्पनी

समाचार
असोज १२ काठमाडौं ।हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड सोल्टी होटलबाट आधिकारीक रुपमा बाहिरिएको छ। सोल्टी होटलमा रहेको आफ्नो १० प्रतिशत सेयर बेचेर हङकङको कम्पनी बाहिरिएको हो। उक्त कम्पनीले आफ्नो १० प्रतिशत सेयर साढे ७२ करोड रुपैयाँमा बेचेको छ, जसको खरिदकर्ता पूर्व राजा ज्ञानेन्द्र शाहको टिमको लगानी रहेको सोल्टी इन्टरप्राइजेज नै रहेको छ। सोल्टीको उक्त सेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत बिक्री गरिएको हो। आज आइतबार मात्रै ४७ करोड रुपैयाँको कारोबार उक्त ब्रोकर कम्पनी मार्फत भएको छ। गत वर्ष कात्तिकमा नै हङकङको कम्पनीले सेयर बिक्री गरी लगानी फिर्ता लैजान कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागसँग अनुमति मागेको थियो। नेपालको प्रतिष्ठित होटल सोल्टीमा ७२ लाख ५० हजार अमेरिकी डलरको ७३ लाख २६ हजार कित्ता सेयर हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको थियो। उक्त...
झरी घट्दै, घाम लाग्दै

झरी घट्दै, घाम लाग्दै

माैसम
असोज १२ काठमाडौं ।लगातार पानी पर्ने क्रम विस्तारै घटेसँगै नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् । अबको केही दिन लगातार ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अघिल्लो वर्ष भन्दा केहि लम्बिएको यो वर्षको मनसुन विस्तारै बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताएका छन् । भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उनले बताएका छन् । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ ...