शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

असोज १२ काठमाडौं ।व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी गराएका छन् ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले भनेका छन् ।

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *