आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

अपराध
असोज १२ काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ । ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो ।‘व्यवसायीले नेपाली मान्छेलाई मोहरा बनाएका छन् । केही व्यक्ति स्वदेशमा छैनन् भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाईंले भने, ‘ऐनले नै प्रहरीको सहयोग लिनुपर्ने भनेको छ । त्यही भएर सीआईबीलाई पत्र पठाएका छौं ।’ वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर बजारमा कारोबार गर्नेहरू छ्यापछ्याप्ती छन् ...
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

समाचार
असोज १२ काठमाडौं ।कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी० का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा तत् मुलुकमा पुगेका थिए । केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९...
निजी ल्याबले पीसीआर शुल्क ३८९९ लिने

निजी ल्याबले पीसीआर शुल्क ३८९९ लिने

समाचार
असोज १२ काठमाडौं । कोरोना परीक्षण गर्ने निजी ल्याबहरुले सरकारले तोकेको शुल्कभन्दा झण्डै आधा बढी शुल्क लिने लिने भएका छन् । निजी ल्याब सञ्चालकहरुले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने निर्णय गरेका हुन् । उनीहरुले सरकार र निजी ल्यबबीचको असमझदारीले कसैको हित नगर्ने चुनौति दिँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८९९ नै यथार्थपरक रहेका बताएका छन् । ...
ललितपुर महानगरमा फुटपाथ पसल निषेध

ललितपुर महानगरमा फुटपाथ पसल निषेध

समाज
असोज १२ काठमाडौं ।ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छाँै ।” महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ । फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे । यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उ...
टेकुमा पिसिआर परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड,संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर

टेकुमा पिसिआर परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड,संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर

समाचार
असोज १२ काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ। अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन। त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन्। कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो। साँघुरो ठाउँमा कोचाकोच गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन्।  पिसिआर गर...
इजरायलसँग बागवानी सम्झौता गर्ने निणर्य

इजरायलसँग बागवानी सम्झौता गर्ने निणर्य

राजनीति
असोज १२ काठमाडौं ।नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निणर्य गरेको छ ।मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए । नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए । यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गर्ने निणर्य गरेको उपसचिव आचार्यल...
नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

आर्थिक
असोज १२ काठमाडौं । नेपाल धितोपत्र बजार नेप्से कारोबार हुने सेयरहरु धितो राखी बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने नबिल बैंक लिमिटेडले जनाएको छ। बैंकका अनुसार ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध हुने छ। आगामी बडा दशैँको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ। नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ। देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्ट...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

अन्तराष्ट्रिय
असोज १२ काठमाडौं ।चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ । उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिए...
टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो

समाचार
असोज १२ काठमाडौं ।टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ ।काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् ।वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् । कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक÷एक ज...
स्पेनिस लिगको नयाँ सिजनमा बार्सिलोनाकाे सुखद सुरुवात

स्पेनिस लिगको नयाँ सिजनमा बार्सिलोनाकाे सुखद सुरुवात

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् । बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे ।उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् । अंशु फातीले १५ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । जोर्डी अल्बाले उपलब्ध गराएको पासमा फातीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघिनै ४–० को सहज अवस्थामा पुगिसकेको थियो । भिल्ला रियलल...