ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी
असोज १२ काठमाडौं ।वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस कोभिड १९ का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर सदस्यलाई सहुलियत दिएका छन्। यसका साथै ७० दिनसम्म बिना ब्याजमा १५ हजारसम्म ऋण दिनुका साथै सिंगल डिजिटमै ऋण दिएर सदस्यलाई व्यवसायिक बनाउन लागिपरेका छन्।
चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले असार मसान्तसम्म ऋण तिर्ने सदस्यलाई ब्याजमा लाग्ने रकमो १५ प्रतिशत छुट दिएको बताए। ‘यस अवधिमा कसैलाई जरिवाना लिएका छैनौं’, उनले भने, ‘सावाँमा छुट दिन नसकिए पनि ऋण तिर्नेलाई ब्याजमा छुट दिएका छौं।’
सदस्यलाई २८ लाख ब्याज छुट दिएको उनले जानकारी दिए। चन्द्रागिरीका १३ हजार सदस्य छन्। त्यसमध्ये ऋण लिनेको संख्या दुई चार सय ८८ छन्। पोखराको रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले कोरोनाको संकटमा कुन...









