खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द
असोज ११ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुमोदन गरेको खेलाडी बर्गिकरणलाई लिएर आलोचना भइरहेको छ ।पुरुष क्रिकेट टीम र महिला टोलीका केही खेलाडीको बर्गिकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले पनि क्यानलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
राष्ट्रिय महिला र पुरुष क्रिकेट टीमका खेलाडीहरुले बर्गिकरणलाई पुनर्विचार गर्न भन्दै ज्ञापन पत्र लेखेको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।खेलाडीहरुको ज्ञापन पत्रमा कसलाई के गर्नु पर्ने भनेर नाम नतोकिएको तर, केही खेलाडी छुटेकाले तिनीहरुलाई समावेश गर्न भनिएको छ ।
‘बोर्डले गरेको निर्णय अब पुनः बोर्ड बस्दा छलफल हुन्छ । त्यसमा छलफल पनि आवश्यक छ,’ क्यान अध्यक्ष चन्दले भने ।
राष्ट्रिय टोलीका युवा स्पिनर ललितनारायण राजवंशी बर्गिकरणबाट छुट्दा क्यान आलोचित हुन पुगेको छ । सन् २०१९ मा राष्ट्रिय टोलीबाट नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरीलाई बर्गिकरणमा राखिए...









