आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु थपिए ८०९ संक्रमित

काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु थपिए ८०९ संक्रमित

समाचार, स्वास्थ्य
 काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २९४ महिला र ५१५ पुरुष गरी थप ८०९ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ६३३ (२३० महिला, ४०३ पुरुष), भक्तपुरमा ७२ (२१ महिला, ५१ पुरुष), ललितपुरमा १०४ (४३ महिला, ६१ पुरुष० मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका दुई पुरुष र एक महिला साथै ललितपुर दुई पुरुष रहेका छन्। ...
मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री

मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री

राजनीति, समाचार
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको विषयमा अदालतमा परेको मुद्दाको किनारा लाग्नु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी तीव्र पारेका छन्। यसै विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहि दिनदेखि निरन्तर छलफल गरिरहेका छन्। तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ। नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न दबाब दिएपछि भदौ २९ मा प्रधानन्त्री ओलीले उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। असोज १ गते शपथ लिएका गौतमलाई मन्त्री बनाउने चर्चा चलेपछि असोज ५ गते सर्वाेच्च अदालतमा रिट परेको थियो। सो रिटमाथि असोज ७ गते सुनुवाइ गर्दै न्यायाधिश आनन्दमोहन भट...
स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ । केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ । यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् । कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए । ‘यसमा मलाई खराब द...
आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने

आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने

आर्थिक
असोज ११ काठमाडौं ।आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने भएकाे छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गरेको हाे। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गरेको जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् । कम्पनीको आइपीओ बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ। कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण...
अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
असोज ११ काठमाडौं । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’ समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। ...
आक्रमण गरी शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा

आक्रमण गरी शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा

समाचार
असोज ११ चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ ।भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए । कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो ।थ...
अझै सञ्चालनमा आएन विद्युतीय बस

अझै सञ्चालनमा आएन विद्युतीय बस

आर्थिक, समाचार
सरकारले गत आर्थिक वर्ष नै विद्युतीय बस खरिद गर्ने योजना अघि बढाएको थियो  । मन्त्रिपरिषद्को २०७६ असार २४ र असार २९ को निर्णयानुसार साझा यातायातलाई तीन सयवटा विद्युतीय बस खरिदका लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराइएको थियो । साझा यातायातले निर्धारित समयभित्रमा बस खरिद गर्न नसकेको भनेर मन्त्रिपरिषद्ले रकम फिर्ता लिने निणर्य गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उपलब्ध गराएको तीन अर्ब रुपैयाँ बराबरको सेयर प्रमाणपत्र  गत पुसमा ६ गतेमा नै बुझिसकेको छ । साझा यातायात प्रालिमा सेयरबापत कम्पनीमा गरेको लगानी सरकारले आफ्नो सेयर अर्को पक्षलाई बेच्न सक्छ तर, सेयर लगानी ब्याजसहित फिर्ता माग्न नमिल्ने भन्दै मन्त्रिपरिषद्ले माघ ६ गते साझा यातायातलाई उपलब्ध गराएको रकम ब्याजसहित फिर्ता लिने निणर्य गरेको थियो ।  कानुनत साझा यातायात प्रालिमा सेयरबापत कम्पनीमा गरेको लगानी...
झ्याप झ्याप विजुली आपूर्ति कटौती  किन भइरहेको छ त?

झ्याप झ्याप विजुली आपूर्ति कटौती किन भइरहेको छ त?

समाचार, समाज
 पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा निकै पोस्ट भइरहेको एक विषय हो – विद्युत आपूर्ति। देशका विभिन्न स्थानमा बस्नेहरुले फेसबुक, ट्वीटरमा आफू बसेको ठाउँमा विद्युत आपूर्ति कटौती भइरहेको विषय लेखिरहेको भेटिन्छ। सामाजिक सञ्जाल हेर्दा देशभर कुनै न कुनै बेला विद्युत आपूर्ति कटौती भएको अनुमान गर्न सकिन्छ। के त्यसरी विद्युत प्राधिकरण कै नीति अनुसार विद्युत आपूर्ति कटौती गरिएको हो त? प्रश्न उठेको छ. अहिले देशमा दैनिक ९०० देखि १४ सय मेगावाटसम्म विद्युतको माग रहेको विद्युत प्राधिकरणले जनाएको छ। र प्राधिकरणको क्षमता पनि मागअनुसार नै छ। त्यसो भए किन समय सयममा आपूर्ति हुँदैन त? विद्युत प्राधिकरणका कार्यबाहक कार्यकारी निदेशक लेखनाथ कोइराला भन्छन्, ‘यो मौसमको कारण पनि विजुली जाने गरेको छ। वर्षातका कारण समस्य भएको छ। कतिपय स्थानमा तार चुँडिएका छन्, पोल ढलेका छन्, रुखले पनि समस्या निम्तिएको छ...
युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनविरुद्ध जीत हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रोमाञ्जक बनेको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता बनाएको ब्राइटनले अग्रता जोगान नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ४० औं मिनेटमा ब्राइटनका निअल मेउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ब्राइटनका लेविस डङ्को आत्मघाती गोलमा युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । डङ्कोले खेलको ४३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । १–१ बराबरीको अवस्थामा रहेको खेलमा युनाइटेडका मार्कस रासफोर्डले टीमका लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । युनाइटेडविरुद्ध खेलको अतिरिक्त समयमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २–२ गोलको बराबरीमा पु...
आइपिएलमा कोलकाताको पहिलो जित

आइपिएलमा कोलकाताको पहिलो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेर आइपिएलकाे १३ औँ संस्करणमा जितको खाता खोलेको छ। पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो। शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्‍याे। कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। आइपिएलमा आज(आइतबार) किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुने छ। ...