शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको छ ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्नका लागि इजरायलयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियार प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि आजको बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गर्ने सम्भावना रहेको जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *