आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

उपत्यकामा थपिए ९४३ संक्रमित

उपत्यकामा थपिए ९४३ संक्रमित

समाचार
असोज १५ काठमाडौं । काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका हुन्। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ। ...
पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण

समाचार
असोज १५ काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण देखिएको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। ...
उदयपुर सिमेन्टमा प्रदेश १ सरकारले लगानी गर्ने प्रस्ताव

उदयपुर सिमेन्टमा प्रदेश १ सरकारले लगानी गर्ने प्रस्ताव

आर्थिक, समाचार
संघीय सरकार मातहतको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने प्रस्ताव गरेको छ। प्रदेश १ सरकारले उद्योगको क्षमता विस्तारसहित सेयर लगानी गर्ने प्रस्ताव गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको एक संस्थानको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैँडा छाप ब्राण्डमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल घाटामा रहेको यो उद्योगको क्षमता विस्तारका लागि प्रदेश १ सरकारले चासो देखाएको हो। प्रदेश १ सरकारले अहिले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएकोमा आफ्नै क्लिङ्कर उत्पादन गर्न सक्ने क्षमता विस्तारसहित लगानीको प्रस्ताव उद्योग मन्त्रालयमा पठाएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार प्रदेश १ सरकारले लगानीको प्रस्ताव मन्त्रालयसमक्ष गरिसकेको छ। तर लगानी स्वीकार गर्ने वा नगर्नेे निर्णय भने भएको छैन। ‘सरकारको चालू आर्थिक वर्षको नीति तथ...
अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
बलिउड अभिनेता अक्षय कुमार अनुशासित र तीव्र गतिमा काम गर्ने कलाकारका रुपमा परिचित छन्। अक्षयले एक वर्षमा अन्य अभिनेताका भन्दा धेरै फिल्ममा काम गर्दै आएका पनि छन्। तीमध्ये धेरैजसो फिल्म बक्स अफिसमा सफल पनि भएक छन्। उनले यस पटकको लकडाउनमा नयाँ फिल्म निर्माणका क्रममा धेरै नयाँ रेकर्डहरू समेत कायम गर्न सफल भए। अक्षय पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका थिए। तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लाइउबको लकडाउनमा केही महिना काम गर्न नपाएपछि उनले काम गर्ने समय दोब्बर बनाए। पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन्। चलचित्र निर्माण युनिटले फिल्मको छायाँकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ। ‘बेल बटम’ विश्वकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्ब...
क्यानद्वारा खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह

क्यानद्वारा खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह

खेलकुद, समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । गत असोज ६ मा बोर्ड बैठकले खेलाडीहरुको करारको लागि १८ पुरुष र १९ महिला खेलाडीहरुलाई बिभिन्न श्रेणीमा वर्गीकरण गरेको थियो । उक्त वर्गीकरण त्रुटी भएको भन्दै क्रिकेट खेलाडी, क्रिकेट बिश्लेषक तथा बिभिन्न ठाउहरुबाट आवाज उठेको थियो । चारैतिरबाट दबाब आएपछि अन्त्यमा क्यानले वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । क्यानले बिहीवार जारी गरेको बिज्ञप्तीमा वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीहरुको नाम छुटेको तथा र वर्गीकरणमा न्यायोचित नभएको भन्दै खेलाडीहरुको गुनासो आएको जनाएको छ । तसर्थ क्यानले पुनः वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष टोलीका कप्तान, उपकप्तान र प्रशिक्षकहरुसँग छलफल गरि सुझाव सहितको प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नको ...
भरतपुर विमानस्थलमा यात्रु बढेपछि दैनिक पाँच उडान

भरतपुर विमानस्थलमा यात्रु बढेपछि दैनिक पाँच उडान

आर्थिक, समाचार
 भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए । उनले भने, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भने, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताए । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उनल...
राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु गर्ने

राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु गर्ने

समाचार, समाज
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ। देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन्। उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन्। विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ। विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु-याएको छ। अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए। अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ। यसले पातको तल्लो भागमा अण्डा पार्छ। कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ। यसले एउटा मकैको पातमा १५० देखि २०० अ...
पूर्वअर्थमन्त्री डा खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, बैरागी मुख्यसचिव : मन्त्रिपरिषद्को निर्णय

पूर्वअर्थमन्त्री डा खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, बैरागी मुख्यसचिव : मन्त्रिपरिषद्को निर्णय

राजनीति, समाचार
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको फेरी भाग्य चम्कियो, ओलीले अमेरिकाको राजदूत नै बनाइदिए, मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त काठमाडौं । पूर्वअर्थमन्त्री डा।युवराज खतिवडाको फेरी भाग्य चम्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छेका रुपमा चिनिएका डा। खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई राजदूतमा नियुक्त गरेको हो । त्यस्तै सरकारले केही दिनअघि मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ भने नयाँ मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । उनी परराष्ट्र सचिव थिए । ...
आज असोज १५ गते बिहीवारको राशिफल

आज असोज १५ गते बिहीवारको राशिफल

राशिफल
आज २०७७ असोज १५ गते बिहीवार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य ...
कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री ओली

कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री ओली

राजनीति
असोज १४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गर्नुभयो । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताउनुभएको थियो । (रासस) ...