आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पीसीआर परिक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

पीसीआर परिक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

समाचार
असोज १५ काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो। अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो। कोरोना संक्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निःशुल्क गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिँदै आएको छ। सुरुमा पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले पछि घटाएर ४ हजार ४ सय शुल्क लिने निर्णय गरेको थियो। त्यसलाई पनि घटाएर सरकारले दुई हजार शुल्क तोकेको थियो। ...
ऐतिहासिक रानीपोखरीमा आज गजुर राखियो

ऐतिहासिक रानीपोखरीमा आज गजुर राखियो

समाचार
 असोज १५ काठमाडौं । ऐतिहासिक रानीपोखरीमा आज गजुर राखिएको छ।आज बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो। मुख्य गजुर १२३ किलोग्राम तौलको छ। तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो।गोरखा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको छ। यही दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ। अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए। शुरुमा काठमाडौँ महानगरपालिको पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो।...
6.4 magnitude earthquake strikes near Tonga in Pacific Ocean

6.4 magnitude earthquake strikes near Tonga in Pacific Ocean

अन्तराष्ट्रिय, समाचार
Nuku’alofa [Tonga], October 1:A 6.4 magnitude earthquake was registered on Thursday near the coast of the Kingdom of Tonga in the Pacific Ocean, the US Geological Survey (USGS) said.According to the USGS, the tremor was recorded at 01:13 GMT. The epicenter of the earthquake was located at the depth of 35 kilometres (21.7 miles), 37 kilometres northeast of the village of Pangai on the western coast of the island of Lifuka. There are no reports about any victims or damage caused by the earthquake. No tsunami alert has been declared. The Kingdom of Tonga is located in a seismically active zone known as the Ring of Fire and regularly suffers from powerful earthquakes. (ANI/Sputnik)
फेसबुकले मेसेन्जर र इन्स्टाग्राम जोड्दैँ

फेसबुकले मेसेन्जर र इन्स्टाग्राम जोड्दैँ

मनोरन्जन
असोज १५ काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक मेसेन्जरलाई, इन्स्टाग्राम र ह्वाट्स्यापसँग जोड्ने योजना लिएका थिए।सोही योजनाअनुसार यो वर्षको सुरुमा ह्वाट्स्याप र फेसबुक मेसेन्जर जोडिइ सकेको छ। जसमा प्रयोगकर्ताले ह्वाट्स्याप मेसेन्जर बटनको फिचर पाएका थिए। यो फिचरमा ह्वाट्स्यापमै मेसेन्जर भिडियो कल गर्नसक्ने सुविधा छ। अब फेसबुकले मेसेन्जर र इन्स्टाग्राम पनि जोड्ने भएको छ। मेसेन्जर र इन्स्टाग्राम जोडिने भएसँगै यी दुई एपले अन्य नयाँ फिचरहरु ल्याएका छन्। सो नयाँ फिचरमा मेसेन्जर एप नभएका प्रयोगकर्ताले पनि इन्स्टाग्रामको डिएमबाट सिधैँ मेसेन्जरमा मेसेज पठाउन सक्छन्। त्यस्तै इन्स्टाग्राम एप नभएकाले मेसेन्जरबाट इन्स्टाग्राममा डिएम गर्नसक्ने छन्।‘अब मेसेन्जरका प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न छुट्टै एप डाउनलोड गर्नु पर्दैन र इन्स्टाग्रामका प्रयोगकर्ताले मेजेन्जर एप डाउनलोड गर्...
थप ११ संक्रमितको मृत्यु

थप ११ संक्रमितको मृत्यु

समाचार
असोज १५ काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ...
ढोरपाटनमा शिकार अनिश्चित

ढोरपाटनमा शिकार अनिश्चित

समाचार
असोज १५ काठमाडौं । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपालि आरक्ष सुनसान छ । शिकार हुने नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अवस्था रहेन । राजश्व बुझाइसकेका कम्पनीले शिकार खेलाउन पाएनन् । आरक्षमा बर्सेनि (फागुन–वैशाख) र (असोज–मङ्सिर) गरी दुई याममा शिकार खुल्छ । यो यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साता बल्ल सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ । अघिल्ला वर्षमा भदौ पहिलो साताभित्रै बोलपत्रको प्रक्रिया टुङ्गोमा पुग्थ्यो । असोज दोस्रो सातातिर त शिकार खेल्न शुरु भइसक्थ्यो । कोरोनाले निम्त्याएको अन्योलले तयारी केही समयपछि धकेलिएको विभागले जनाएको छ । विभागका सूच...
दशैँको टीकाको उत्तम साइत सार्वजनिक

दशैँको टीकाको उत्तम साइत सार्वजनिक

समाचार
असोज १५ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि. सं २०७७ को विजया दशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, ...
सवारी साधनमा  नयाँ नियम लागु

सवारी साधनमा नयाँ नियम लागु

समाचार
असोज १५ काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ । विभागले बुधबार सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ । प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ । मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ । सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभ...
नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

आर्थिक
असोज १५ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो । कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको ...
Directive to close educational institutions in Dolakha

Directive to close educational institutions in Dolakha

समाचार
Dolakha, Oct 1 :A meeting of the District COVID-19 Crisis Management Centre has ordered the educational institutions to close completely. The Centre’s directive comes after coronavirus infection cases were found in the district.Similarly, the Centre has banned organizing all types of assembly, seminar, training and conferences in the district. It has decided that any infected person entering the district from outside districts should stay in quarantine. Chief District Officer and Centre chairman Ramesh Prasad Shivakoti said that if schools called the students to schools and ran classes in the name of facilitating in their education, then the schools and the parents themselves would be responsible for any untoward developments. The meeting decided that the local level concerned shoul...