आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सुर्खेत विमानस्थल विस्तार गर्न कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत विमानस्थल विस्तार गर्न कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

समाचार
असोज १६ कर्णाली -कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्तरोन्नतिको काम संघ र प्रदेश सरकारको लागत साझेदारीमा हुने भएको छ । साझेदारी अनुसार विमानस्थल निर्माणका लागि जग्गा अधिकरण, टर्मिनल भवन निर्माण, रनवे विस्तार र अन्य विकासका काम गरिने छन् । समझदारी पत्र अनुसार विमानस्थलको धावनमार...
पाकिस्तानी सेनाको गोली लागेर कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानी सेनाको गोली लागेर कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

अन्तराष्ट्रिय
असोज १६ काठमाडौं । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन् । भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। सो घटनामा थप ४ सैनिक घाइते भएका छन्। ...
लकडाउनले काम गरेन !

लकडाउनले काम गरेन !

समाचार
असोज १६ काठमाडौं ।कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित रहेर आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्ने र कोरोनाका साथ जिन्दगी चलाउने मनस्थितिमा आमनागरिक देखिएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएपछि सबै नागरिक झस्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खबरले पनि नेपालीलाई अत्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा यो परिमाण देखापरेको हो ।नेपाल समाचारपत्र दैनिकमा खबर छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा का...
विद्युतीय गाडीको कर घट्यो

विद्युतीय गाडीको कर घट्यो

आर्थिक
असोज १६ काठमाडौं । चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए। जसमा विद्युतीय गाडीमा करको महसुल दर पनि पर्छ। मन्त्रिपरिषले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन अर्थमन्त्रालयले सक्ने गरी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ। ...
देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

माैसम
असोज १६ काठमाडौं । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहानीपख देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश ...
सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

सिंचाई विभागका सिडिइ शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अपराध
असोज १६ काठमाडौं । जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको गरेको अभियोगमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६÷७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिए। आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वधै आम्दानी गरेका सिडिइ शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेका छन्। ...
घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा

घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा

समाचार
असोज १६ काठमाडौं । सबैजसो घरको छानाहरुमा विश्वको एकमात्र चार कुना नभएको नेपालको झण्डा फरफराइरहेको दृश्यले हिजोआज तीनकुने कोटेश्वर सडकखण्डमा यात्रा गर्ने धेरैलाई अचम्ममा पारेको हुनसक्छ । सामान्यतः नेपालीले राष्ट्रिय झण्डा मन्त्रीनिवासमा मात्र फहराइरहेको देखेका हुन्छन् ।हालै तीनकुनेका नवआदर्श मार्ग, सामुदायिक मार्ग, सुविधा मार्ग, सुमार्ग, गरिमा मार्ग, सुभेच्छा मार्ग र सरस्वती मार्गका चारसय भन्दा बढी घरपरिवारले राष्ट्रिय गौरवको प्रतीक यो सिम्रिक झण्डा उच्च सम्मानका साथ आआफ्नो घरको छानामा फहराएका छन् ।यो सडकखण्ड भएर दैनिक कार्यालय आउजाउ गर्ने भक्तपुर, गठ्ठाघरकी रञ्जु शर्मा पछिल्लो चार महिनादेखि यी घरका छानाहरुमा झण्डा फहराइरहेको शानदार दृश्यले मोहित हुनुभएको छ ।‘मलाई थाहा छैन, यो सुकार्यको पहल कसले थाल्यो तर सयौँ घरमा यो विशिष्ट रातो झण्डा फहराएको देख्दा लाग्छ, यसैले हामी सबैलाई एउटै झण्डामु...
पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्‍यो।  एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो। पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पन्जाबको भने तेस्रो हार हो। पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि  मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्...
आज असोज १६ गते शुक्रबारको राशिफल

आज असोज १६ गते शुक्रबारको राशिफल

राशिफल
आज २०७७ असोज १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – भागदौड लागि रहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । बस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्ने छ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग...
मूल्य घट्यो डिजेल र मट्टितेलको

मूल्य घट्यो डिजेल र मट्टितेलको

आर्थिक
असोज १५ काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको जनाएको छ । निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने छ । दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ।पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमका अनुसार रतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ । ...