असोज १६ काठमाडौं । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन् ।
भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। सो घटनामा थप ४ सैनिक घाइते भएका छन्।
