आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप  स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताए । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ...
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने

खेलकुद
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्...
आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै

अन्तराष्ट्रिय, समाचार
आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् । सपथ समारोहलाई व्यवस्थित बनाउनका लागि अमेरिकाको राजनधाी वासिङ्गटन डिसीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । सुरक्षाकर्मीले सपथग्रहणस्थलमा चेक जाँचको कार्य पुरा गरेको छ । राष्ट्रपतिको सपथग्रहणमा २५ हजारभन्दा बढी नेशनल गार्डहरु खटाइएको छ । के–के हुन्छ शपथ ग्रहणमा ? –चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् । –शपथ...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति

आर्थिक, समाचार
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स  र कामना सेवा विकास बैंकले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएका हुन् ।  बोर्डले मञ्जुश्री फाइनान्सलाई ८ वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत व्याजदरको ५ लाख कित्ता ऋणपत्र विक्री गर्न पुस २६ गते अनुमति दिएको हो । कुल कित्तामध्य कम्पनीले ३ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र २ लाख कित्ता परिपत्र विधिमात्र विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्राइम बैंकलाई पनि पुस २६ गतेनै बोर्डले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत व्याजदर रहेको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । बैंकले कुल कित्तामध्य २१ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र १४ लाख कित्ता परिपत्र विधिबाट...
अर्थमन्त्री पौडेल : ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायारो प्रति संवेदनशिल छौं, तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’

अर्थमन्त्री पौडेल : ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायारो प्रति संवेदनशिल छौं, तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’

आर्थिक, समाचार
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए । बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या सामाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन र कठिनाइ परे सहजीकरण  र सहयोग गर्ने उल्लेख गरे । कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायारो प्रति संवेदनशिल छौं, तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्...
त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

समाचार, स्वास्थ्य
त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात गरिएको छ । अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । जहाँ उनको पीसीआर रिपोर्ट पोजेटभ आयो । फोनमार्फत टेकुबाट जानकारी आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । कोभिड आइसीयुमा राखेर उपचार जारी रहँदा मंगलबार(आज) विहान ११ बजे बिरामीको मृत...
कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान

कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान

आर्थिक, समाचार
 कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव एवं यसले पुर्याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति अघि सारी सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्वि समेटेको छ । यी रणनीति कार्यान्वयनका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खण्डमा विभाजन गरिएको आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिए । अल्पकालीन राहत तथा पुनरुत्थानका लागि रु दुई खर्ब ३९ अर्ब, मध्यकालीनका लागि २ खर्ब ८५ अर्ब रुपैयाँ र दीर्घकालीनका लागि १ खर्ब ३३ खर...
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ भोली बुधवार लागि तय

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ भोली बुधवार लागि तय

समाचार, समाज
 प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै भोली बुधवार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने गरेपछि विषयकेन्द्रित बहस गरिएको तेस्रो दिनमा आज पाँच अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राखे । उनले आज बहस शुरु मात्र गरेका थिए । उनले भोली बुधवार पुनः बहस गर्ने छन् । अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व...
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढायो

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढायो

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमवार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ। मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ। ...
विद्यार्थी बोकेको बस दुर्घटना,पाँच जना विद्यार्थी घाइते

विद्यार्थी बोकेको बस दुर्घटना,पाँच जना विद्यार्थी घाइते

समाचार, समाज
मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन्। आज बिहान बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा दुर्घटना भएको हो। डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस एक्कासी अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा विराटनगरको मेरिल्यान्ड कलेजका विद्यार्थी रहेका थिए। दुर्घटनामा रतुवामाई नगरपालिका ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ। ...