बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात गरिएको छ ।

अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए ।

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो ।

उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । जहाँ उनको पीसीआर रिपोर्ट पोजेटभ आयो ।

फोनमार्फत टेकुबाट जानकारी आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । कोभिड आइसीयुमा राखेर उपचार जारी रहँदा मंगलबार(आज) विहान ११ बजे बिरामीको मृत्यु भएको थियो ।

डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको दासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *