आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

आर्थिक, समाचार
जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आ.व ०७७-०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजश्व संकलन भएको जनाएको छ । राहदानी शुल्कबापत ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्ट्रेशन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० संकलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० गरी उक्त राजस्व संकलन गरेको हो । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजा...
कांग्रेसले आज संसद विघटनको विरोधमा  देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन  गर्दै

कांग्रेसले आज संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज वडाहरुमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ । यसअघि विघटनको विरोधस्वरुप गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा प्रदर्शन गरिसकेको कांग्रेसले विरोधका कार्यक्रमलाई वडा स्तरमा केन्द्रित गरेको हो । विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् । ...
अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले गरे सपथ ग्रहण

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले गरे सपथ ग्रहण

अन्तराष्ट्रिय, समाचार
अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्। बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्। त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन्। ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्। बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। ...
सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते

सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते

समाचार, समाज
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैं अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ। अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ। नौ जनाको अवस्...
आज नेप्से १५.८७ अंकले बढेर ६ अर्ब २१ करोड ९ लाखको कारोबार

आज नेप्से १५.८७ अंकले बढेर ६ अर्ब २१ करोड ९ लाखको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको चौथो दिन आज (बुधबार)  दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो । आज नेप्से १५.८७ अंकले बढेर दुई हजार तीन सय ४२ दशमलब ७६ विन्दुमा पुगेको छ भने ६ अर्ब २१ करोड ९ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बाहेक अन्य समूह बढेका छन् बुधवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । हाल कायम प्रतिशेयर मूल्यलाई घटाएर रू. ५० मा झार्न लागेको कम्पनीको बुधवार रू. ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबारसँगै कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य रू. २ हजार ८८५ पुगेको छ । यस कम्पनीले नेपालको धितोपत्र कारोबारको इतिहासमा पहिलो पटक शेयर संख्...
भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदान

भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदान

समाचार, स्वास्थ्य
भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी उक्त कुराको जानकारी दिएका हुन् । खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिए । मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए । ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने । मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिएका छन्। पत्रकार सम्मेलनमा भारतीय रा...
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३८३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख २६ हजार ७२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ । ...
नेपाली काँग्रेसले मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन आन्तरिक सर्कुलर जारी

नेपाली काँग्रेसले मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन आन्तरिक सर्कुलर जारी

राजनीति, समाचार
 नेपाली काँग्रेसले मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि आउँदो वैशाखका लागि मध्यावधि निर्वाचन तोकेका छन्। काँग्रेसले गोप्य रुपमा सर्कुलर जारी गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै पार्टी जिल्ला कार्यसमितिलाई निर्देशन गरेको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेका हुन। सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ। काँग्रेसमा सभापति शेरबहादुर देउवा चुनावको पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने पक्षमा देखिएका बेला केन्द...
वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु

वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु

समाचार
प्रदेश १ र वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु हुँदैछ । प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ बजे र बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे शुरु हुनेछ। वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । त्यसको परिणामस्वरुप नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा अविश्वाशको प्रस्ताव दर्ता गरेको छ । यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश नहुने भएका छन्। प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने गरी निर्णय गरेको छ। बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्...
स्थानीयवासीको सहयोगमा सप्तरीमा  मङ्गलबार हुन लागेको बालविवाह रोकियो

स्थानीयवासीको सहयोगमा सप्तरीमा मङ्गलबार हुन लागेको बालविवाह रोकियो

समाचार, समाज
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो । स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रह...