नेपाली काँग्रेसले मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि आउँदो वैशाखका लागि मध्यावधि निर्वाचन तोकेका छन्।
काँग्रेसले गोप्य रुपमा सर्कुलर जारी गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै पार्टी जिल्ला कार्यसमितिलाई निर्देशन गरेको छ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेका हुन।
सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ।
काँग्रेसमा सभापति शेरबहादुर देउवा चुनावको पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने पक्षमा देखिएका बेला केन्द्रीय कार्यालयेल जिल्ला सभापतिका नाममा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो।