कुनै व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने
कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपकै कारण समस्या देखिए उपचार गरिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप लगाएकै कारण समस्या देखिए सरकारले उपचार गर्ने बताए ।
उनले भने, ‘केही समस्या देखिए उपचार गर्ने हो । उपचार सरकारले गर्छ ।’
खोप ऐन २०७२ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था छ । उपचार तथा क्षतिपूर्ति व्यवस्थामा उल्लेछ, ‘कुनै खोप लगाएकै कारण खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ ।’
यस्तै, कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंगभंग भई गम्भीर प्रकारको शारीरिक ...









