अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् ।

बाइडेनले बुधबार मात्रै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका थिए ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ ।

मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए ।

तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here