काठमाडौं । विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख ९८ हजार ५३ पुगेको छ ।

अमेरिकामा एकैदिन एक लाख ८० हजार १ सय १४ जनामा संक्रमण देखिएको छ भने चार हजार ११ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन १३ हजार ७ सय १ जनामा संक्रमण देखिएको छ भने १ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा एकैदिन ३७ हजार ८ सय ९२ जनामा संक्रमण देखिएको छ भने १२ सय ९० जनाको संक्रमणबाट मृतयु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here