आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् ।

स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् ।

सपथ समारोहलाई व्यवस्थित बनाउनका लागि अमेरिकाको राजनधाी वासिङ्गटन डिसीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् ।

सुरक्षाकर्मीले सपथग्रहणस्थलमा चेक जाँचको कार्य पुरा गरेको छ ।

राष्ट्रपतिको सपथग्रहणमा २५ हजारभन्दा बढी नेशनल गार्डहरु खटाइएको छ ।

के–के हुन्छ शपथ ग्रहणमा ?

–चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् ।

–शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कने छन् । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here