आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पहिलोपटक मेचीपारिको  सीमानाकामा अस्थायी प्रहरी बिट

पहिलोपटक मेचीपारिको सीमानाकामा अस्थायी प्रहरी बिट

समाचार, समाज
पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ । ...
काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत

काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत

समाचार, समाज
काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बससेवा शुरु गरेको हो । काठमाडौँको बौद्धबाट साँझ ६.३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७.३० बजेमात्र काठमाडौँको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए । मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौँ–जनकपुर, काठमाडौँ–सुनौली र काठम...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा लगानीकर्ताहरुको आकर्षण उच्च

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा लगानीकर्ताहरुको आकर्षण उच्च

आर्थिक, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा  कम्पनीको आईपिओमा ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिएका हुन् । यो अवधिसम्म १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँको आवेदन परेको छ यस कम्पनीको आईपीओमा माघ ६ गते मंगलवारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ...
आज (सोमबार) नेप्से दोहोरो अंकले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार

आज (सोमबार) नेप्से दोहोरो अंकले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको हो ।  आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।           नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पनि बेलायतमा देखिएको पहिलेको भन्दा धेरै सर्ने भनिएको नयाँ प्रजातिको भाइरस भित्रिएको विज्ञप्ति मार्फत जनाएका छन्। दक्षिण, अफ्रिका, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिइरहेका बेला नेपालमा पनि सो भाइरस तीन जनामा पुष्टि भएको हो। नयाँ प्रजातिको कोरोना भाइरसमा नयाँ स्वरुपमा स्पाइक प्राटिन फेरिएकै कारण संक्रमण गर्नसक्ने क्षमता बढी भएको बताइन्छ। अध्ययनका अनुसार यो भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पुष्टि गरेको छ । यो भाइस बढी संक्रामक भए पनि बढी शक्तिशाली अथवा बढी बिरामी पार्ने किसिमको भने देखिएको छैन। केही दिनअघि बेलायतमै सार्वजनिक भ...
नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता भएको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष राष्ट्र बैंकमा भेटगरी मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरु रहेका र तत्काल सम्बोधन गर्न ७ बुँदे मागहरु पेश गरेको छ । महासंघसँगको भेटवार्तामा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउंदै कोभिडबाट सांच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाएका छन् । साथै गभर्नर अधिकारीले राष्ट्र बैंकले उपलव्ध गराएका पुनरकर्जा लगायतका सुविधाहरुका सम्बन्धमा महासंघसंग सहकार्य गरी सातै प्रदेशमा सचेतनामुलक कार्यक्रम लै...
राजनीतिक खिचातानीका कारण बीमा समिति अहिले नेतृत्वविहिन

राजनीतिक खिचातानीका कारण बीमा समिति अहिले नेतृत्वविहिन

आर्थिक, समाचार
काठमाडौँ – बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति अहिले नेतृत्वविहिन बन्न पुगेको छ । राजनीतिक खिचातानीका कारण समिति नेतृत्वविहिन बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेपछि निम्तिएको राजनीतिक असन्तुष्टीका कारण सरकार नै त्यसतर्फ केन्द्रीत हुँदा समितिको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया नै अघि बढ्न सकेको छैन। समिति नेतृत्वविहिन भएको तीन साता भन्दा बढी भइसकेको छ । समितिका यसअघिका अध्यक्ष चिरञ्जीवि चापागाईँको कार्यकाल पूरा भएपछि गत पुस १३ गतेदेखि नै समितिको अध्यक्ष पद खाली छ । समितिले नेतृत्व नपाएका कारण अहिले समितिको दैनिक काम कारवाही तथा बीमा कम्पनीहरुले बीमा समितिबाट लिनुपर्ने स्वीकृति लगायतका कामहरु प्रभावित भएका छन् । लामो समय अध्यक्ष नहुँदा समितिका काम पूर्ण रुपमा प्रभावित भएको समितिकै कर्मचारीहरु बताउँछन् । समितिमा नेतृत्व ल्याउने विषयमा अ...
नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९६५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७४ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख १६ हजार ७५८ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । ...
आइचर दुर्घटना हुँदा तीनको मृत्यु,एक जना घाइते

आइचर दुर्घटना हुँदा तीनको मृत्यु,एक जना घाइते

समाचार, समाज
सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजना...
अयोध्यामा राम मन्दिर बनाउन सहयोगका लागि अभिनेता अक्षय कुमारको राष्ट्रव्यापी अभियान

अयोध्यामा राम मन्दिर बनाउन सहयोगका लागि अभिनेता अक्षय कुमारको राष्ट्रव्यापी अभियान

मनोरन्जन, समाचार
अभिनेता अक्षय कुमारले अयोध्यामा राम मन्दिर बनाउन सहयोगका लागि शुक्रबार राष्ट्रव्यापी अभियान थालेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक भिडिओ सेयर गर्दै अक्षयकुमारले आफूले आफ्नो भागको सहयोग गरिसकेको उल्लेख गरेका छन्। ‘अयोध्यामा भगवान रामको विशाल मन्दिर बनाउने काम सुरू हुनु निकै खुसीको कुरा हो। अब यसमा योगदान गर्ने हाम्रो पालो हो। मैले सुरू गरिसकें, आशा छ तपाईंहरूले पनि गर्नुहुनेछ। जय श्रीराम,’ उनले लेखेका छन्। २०२० को दिवालीमा अक्षयकुमारले फिल्म ’राम सेतु’ को घोषणा गरेका थिए। अभिषेक शर्माको निर्देशनमा बन्ने यो फिल्मले राम सेतु पुलको कथामाबन्ने छ । गत डिसेम्बरमा अक्षयकुमारले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर ’राम सेतु’ फिल्मबारे छलफल गरेका थिए। ...