आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीतिक खिचातानीका कारण बीमा समिति अहिले नेतृत्वविहिन

काठमाडौँ – बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति अहिले नेतृत्वविहिन बन्न पुगेको छ ।

राजनीतिक खिचातानीका कारण समिति नेतृत्वविहिन बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेपछि निम्तिएको राजनीतिक असन्तुष्टीका कारण सरकार नै त्यसतर्फ केन्द्रीत हुँदा समितिको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया नै अघि बढ्न सकेको छैन।

समिति नेतृत्वविहिन भएको तीन साता भन्दा बढी भइसकेको छ । समितिका यसअघिका अध्यक्ष चिरञ्जीवि चापागाईँको कार्यकाल पूरा भएपछि गत पुस १३ गतेदेखि नै समितिको अध्यक्ष पद खाली छ ।

समितिले नेतृत्व नपाएका कारण अहिले समितिको दैनिक काम कारवाही तथा बीमा कम्पनीहरुले बीमा समितिबाट लिनुपर्ने स्वीकृति लगायतका कामहरु प्रभावित भएका छन् । लामो समय अध्यक्ष नहुँदा समितिका काम पूर्ण रुपमा प्रभावित भएको समितिकै कर्मचारीहरु बताउँछन् ।

समितिमा नेतृत्व ल्याउने विषयमा अर्थ मन्त्रालयमा हालसम्म पनि कुनै छलफल भएको छैन । अर्थमन्त्री विष्णु पौडेललाई यस विषयमा प्रश्न समेत गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *