स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पनि बेलायतमा देखिएको पहिलेको भन्दा धेरै सर्ने भनिएको नयाँ प्रजातिको भाइरस भित्रिएको विज्ञप्ति मार्फत जनाएका छन्।

दक्षिण, अफ्रिका, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिइरहेका बेला नेपालमा पनि सो भाइरस तीन जनामा पुष्टि भएको हो।
नयाँ प्रजातिको कोरोना भाइरसमा नयाँ स्वरुपमा स्पाइक प्राटिन फेरिएकै कारण संक्रमण गर्नसक्ने क्षमता बढी भएको बताइन्छ।
अध्ययनका अनुसार यो भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पुष्टि गरेको छ ।
यो भाइस बढी संक्रामक भए पनि बढी शक्तिशाली अथवा बढी बिरामी पार्ने किसिमको भने देखिएको छैन।
केही दिनअघि बेलायतमै सार्वजनिक भएको एक अध्ययनले नयाँ स्वरुपबाट संक्रमित हुनेमा कुनै बढी स्वास्थ्य समस्या नदेखिएको बताइएको छ।
