आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

आर्थिक, समाचार
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो । ...
चलचित्र ‘म त तिम्रै हुँ’ निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड संगै निर्माण घोषणा

चलचित्र ‘म त तिम्रै हुँ’ निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड संगै निर्माण घोषणा

मनोरन्जन, समाचार
निर्देशक श्रीराम महतको दोश्रो अन टाईटल प्रोजेक्टको लागि गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । उनले आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा समेत गरेका छन् । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो । एउटा चलचित्र निर्देशन पश्चात बिज्ञापन तथा डकुमेन्ट्रीमा ब्यस्त निर्देशक महतले बाकी रहेको समय यसै चलचित्रको तयारीमा व्यस्त रहेको बताए । म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशमा चम्किएकि अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन, ...
विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ । विभिन्न देशले क्रमशः लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । अमेरिका अहिले पनि संसारको सबैभन्दा प्रभावित देश हो । यहाँ हालम्मि २२ लाख ७९ हजार संक्रमित भेटिएका छन् । ब्राजिल दोस्रो सर्वाधिक प्रभावित देश हो । यहाँ करिब ११ लाख संक्रमित छन् भने करिब ५० हजार मृतक रहेका छन् । संसारभर कोरोना संक्रमित व्यक्तिको संख्या ८९ लाखभन्दा बढी भइसकेको छ भने मृतकको संख्या ४ लाख ६७ हजारभन्दा बढी छ । स्रोतः बीबीसी ...
कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

Featured, अन्तराष्ट्रिय, अपराध, आर्थिक, समाचार
कुवेतस्थित एक शहरमा एक नेपाली पुरुषले आत्महत्याको प्रयास गरेका छन्। महाबुल्ला शहरबाट ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो। कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले जनाएको छ। ...
योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

Featured, समाज, स्वास्थ्य
तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ । हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं । जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्...
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

अन्तराष्ट्रिय, आर्थिक, समाचार
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत रहेका गैरआवासीय नेपाली संघ, मकाउले जनाएको छ। कामबाट राजीनामा गरेका, भिसा पुनः नविकरण नभएका, कामबाट निकालिएका, भिजिट भिसा, गर्भवती तथा बिरामी गरी ७० जनाले महाबाणिज्य दूतावासमार्फत नाम दर्ता गराएका एनआरएन मकाउले जानकारी दिएको छ। मकाउमा चार हजार पाँच सय ३९ नेपाली वैधानिक रुपमा कार्यरत छन्। ‘नेपालीहरुलाई फर्काउन मकाउमा फ्लाइट ल्याउने वा थाइल्याण्ड तथा सिंगापुरमा आउने चार्टड फ्लाइटमार्फत गर्ने भन्ने कुरामा पहल भइरहेता पनि हङकङबाट हुने फ्लाइटको लागि आवश्यक हङकङ ट्रान्जिट लगायतका प्रक्रियाबारे सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको छ’ एनआरएनए मकाउका एक नेताले भने, ‘सोही अनुरुप एनआरएनए मकाउले २० जुनको समय सीमा राखि सूचना गरी फाराम भर्न अनुरोध गरिसकेको छ।’ मकाउबाट फर्किन हवाई भाडा सम्बन्धित कम्पनीले दिनेछ। एनआरएनएका अनुसार मकाउमा कार्यरत ४००...
कोरोना संक्रमणको कारण ज्यान गुमाउने ४३ वर्षीया महिलाको शव नेपाली सेनाबाट सम्मानपूर्वक व्यवस्थापन

कोरोना संक्रमणको कारण ज्यान गुमाउने ४३ वर्षीया महिलाको शव नेपाली सेनाबाट सम्मानपूर्वक व्यवस्थापन

समाचार, समाज, स्वास्थ्य
कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जंगलमा सेनाले अन्त्यष्टि गरेको हो। जंगलमा एक्स्काभेटरले खाल्डो खनेर सेनाले ती महिलाको शव सम्मानपूर्वक अन्त्येष्टि गरेको हो। शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले मृतक महिलाप्रति सलामी अर्पण गरेका थिए। शव व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा लागयतको पनि सहभागिता थियो। मृतक महिला ३१ जेठमा टाउकोमा चोड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना भएकी थिइन्। सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोर...
भारतसँग कालापानीबाट सैनिक फर्काउन माग

भारतसँग कालापानीबाट सैनिक फर्काउन माग

राजनीति, समाचार, समाज
काठमाडौं । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन् । सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम् राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लाग्नुपर्ने सांसदको भनाइ छ । भारतले एकलौटी रुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत भूमिमा सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । सोही आधारमा प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले सो विधेयकलाई दुई त...
दक्ष इन्टरनेशनल द्वारा मिस एण्ड मिसेस व्यूटिफूल नेपाल २०२० का विजेताको सहकार्यमा श्रमीकलाई सहयोग

दक्ष इन्टरनेशनल द्वारा मिस एण्ड मिसेस व्यूटिफूल नेपाल २०२० का विजेताको सहकार्यमा श्रमीकलाई सहयोग

मनोरन्जन, समाचार, समाज
दक्ष ईन्टरनेशनलले मिस एण्ड मिसेज व्यूटिफुल नेपाल २०२० का विजेताहरुको सहकार्यमा लकडाउनका कारण विचल्लीमा परेका केही परिवारलाई राहत वितरण गरेर सहयोग गरेको छ । दैनीक श्रम गरि जिविकोपार्जन गर्दै आएका तर लकडाउनका कारण आफ्नो आय आर्जन गुमाएर आर्थिक स्थिती कमजोर भएका परिवारलाई दक्ष ईन्टरनेशनलको कार्यालय नयां बानेश्वरमा उक्त राहत वितरण गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेले जानकारी दिए । राज मेक स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले २०२० मा आयोजना गरिएको मिस एण्ड मिसेज व्यूटिफुलका विजेता मिसेस व्यूटिफुल उर्मिला पन्त भण्डारी, मिसेस व्यूटिफूल नेपालकी सेकेण्ड रनर अप सुनिला केसी कार्की मिस व्यूटिफुल नेपालकी विजेता रुपा अधिकारी ले उक्त राहत वितरण संकलनमा विशेष सहयोग गरेको बताए ।उपाधी विजेता पश्चात समाज सेवामा सक्रिय रहने सहभागीहरुको उद्देश्य अनुसार उक्त राहत वितरण गर...
६ बर्षीय आरोही कार्कीको पहिलो गीत ‘नमस्ते गर्छु म’ सार्वजनिक (भिडियो सहित)

६ बर्षीय आरोही कार्कीको पहिलो गीत ‘नमस्ते गर्छु म’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्कीले सबै बाबाहरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायन मा पाइला चाल्दै नया गीत 'नमस्ते गर्छु म' को म्युजिक भिडोयो सार्बजनिक गरेका छन् ।लकडाउन को बेलामा घर मा बसी बसी बाबा छोरी मिलेर नया गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ । पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोही ले निकै राम्रो संग आवाज दियर अभिनय गर्नु भयको छ । उक्त गीतमा गायक बिनय कै शब्द संगीत संगीत संयोजन रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक पनि हुन् । https://www.youtube.com/watch?v=O7eL6Lpm-p0&feature=share&fbclid=IwAR236nx5mDIMGEsxcMvm0LePefiMzDKyJQqfLRBdY-AHib5g8_qr_zull8g ...