आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

मनोरन्जन, समाचार
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रमको निश्चित अवधी यही सन २०२० जुनको २३ तारिख राखिएको तर हालै चलेको बिषम परिस्थितिका कारण भने अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो । अवार्ड बितरणसंगै कार्यक्रममा सम्पूर्ण स...
उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ। ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ। निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ। उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ। निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ। यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा ...
काभ्रेमा पनि देखियो सलह किरा

काभ्रेमा पनि देखियो सलह किरा

आर्थिक, समाचार
काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा सलह किरा भेटिएको छ । गाउँपालिकामा आज दिउँसो सलह किरा देखिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सलह किरा भेटिएको हो । सलह किराको समूहले गाउँपालिकामा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । गाउँपालिकामा सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । सलह किरा भित्रिएसँगै यकिन विवरण संकलन गर्न गाउँपालिका जुटेको छ । ...
विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

शिक्षा, समाचार, समाज
डा .डिआर उपाध्याय, कोरोना संक्रमणको बढ्दो महामारीका कारण धेरै क्षेत्रमा प्रभाव पारेको छ । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने भविश्यका कर्णधार विद्यार्थीहरुको भविश्य अन्योलमा छ । शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको अवस्था छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन । तर अनलाइनमार्फत पढाई भएता पनि खासै प्रभावकारी हुन सकेको देखिदैन । यो भनेको निजी विद्यालयहरूको शुल्क उठाउने खेलो मात्र हो । यतिखेर विद्यार्थी र अभिभावकहरू निकै चिन्तित अवस्थामा छन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट कार्ययोजना बनाउन सकेको छैन । केही निजी विद्यालयहरुले लकडाउन अवधिको समेत अभिभावकलाई शुल्क तिर्न ताकेता गरिरहेका छन । जुन कारणले गर्दा यति खेर अभिभावकहरू चिन्तित बन्न पुगेका छन् । पढाउँदै नपढाइ विभिन्न शीर्षकमा अभिभावकल...
मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु

मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु

अपराध, समाचार, समाज
विराटनगर । पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गा...
ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

अन्तराष्ट्रिय, खेलकुद, समाचार
रियल म्याड्रिड स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। बुधबार राति भएको खेलमा घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल पुनः शीर्षस्थानमा उक्लिएको हो। रियल र बार्सिलोना दुवैको समान ३१ खेलबाट ६८ अंक भए पनि हेड टु हेडको आधारमा रियल शीर्षस्थानमा पुगेको हो। उति नै खेल खेलेको मालोर्का २६ अंकमा रेलिगेसन जोनमा नै छ। पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा १ गोल थप्यो। रियलले खेलको १९ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। गएराति नै भएको खेलमा ओसासुनाले डिर्पोर्टिभो अलाभेष र सेल्टा डी भिगोले रियल सोसिडाडलाई समान १–० पराजित गरे। ...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफुखुशी सवारी संचालन हुन थाले पछि  जनायो आपत्ती

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफुखुशी सवारी संचालन हुन थाले पछि जनायो आपत्ती

आर्थिक, समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ। महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले बुधबार साँझ विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहेको अहिलेको अवस्थामा सवारी साधनबाट यात्रु नओसार्न आग्रह गरेका छन्। ‘महासंघको नाम जोडेर केही व्यवसायीले आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भत्र्सना गर्दछ,’ जारी विज्ञप्तीमा भनिएको छ। महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ। विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको ...
चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

समाचार, समाज
काठमाडौँ – बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् । ‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो । ...
आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

आर्थिक, समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११: ५५ मा उनको मृत्यु भएको हो । मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । ...
नेपाललाई विश्व बैंकले दियो १२ अर्ब ऋण

नेपाललाई विश्व बैंकले दियो १२ अर्ब ऋण

आर्थिक, समाचार
काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि विश्व बैंकले गत २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको थियो । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो । खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गरेको छ । विद्यूत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ । प्राधिकरणको पुनर्संरचना गरी संघीयता अनुसार बलियो संस्...