विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु
बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भयो। यसको मुख्य कारण थियो, विवाह समारोह।
पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ। सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए।
सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो। तर परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए। विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजादै गर्दा मृुत्यु भयो।
दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय ग¥यो । त्यसक...









