बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।

लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । गीत मुखमा हान्नुजस्तो नामको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *