आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

अपराध, समाचार, समाज
जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या गरिएको छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको हो। बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ। उनका दाजुका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।  बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन्। शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव देख्दा प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ। ...
मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

अन्तराष्ट्रिय, राजनीति, समाचार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन्। उनी आज बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमुमा हुनुहुन्छ। उहाँ आज बिहान यहाँ आइपुग्नुभएको हो। प्रधानमन्त्रीले सेनाका जवान, वायुसेना र आईटीबीपीसँग कुरा गर्दै हुनुहुन्छ।’ निमु भन्ने स्थान ११ हजार फिट उचाइमा पर्छ। अधिकारीहरूले प्रधानमन्त्रीलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराएका छन्। यसअघि रक्षामन्त्री राजनाथ सिंह ले जाने भनिएकाे थियाे। तर उनको भ्रमण बिहीबार रद्द भएको थियो। त्यसपछि प्रधानमन्त्री माेदी आफैं शुक्रबार त्यहाँ गएका हुन्। ...
कुवेतबाट आएको निगमको वाइडबडी जहाजमा चरा ठोक्कियो

कुवेतबाट आएको निगमको वाइडबडी जहाजमा चरा ठोक्कियो

समाचार, समाज
काठमाडौं, असार १९-नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । कुवेतबाट आएको ए ३३० कलसाइनको एयरबसमा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो । जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि जहाज ग्राउन्डेड भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए। निगमको इन्जिनियरिङ विभागले क्षतिबारे अध्ययन गरिरहेकाले मर्मत गरी पुनः उडान गर्न केही दिन लाग्ने उनले बताए ।नेपाल समाचारपत्रमा खबर छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘हामीले अहिले ३३० जहाजमार्फत विदेशबाट यात्रु ल्याइरहेका छौं । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुन्छ । तथापि, हामीसँग ३३० अर्को पनि जहाज भएको हुँदा उडान तालिका मिलाउन सकिन्छ । रियादलगायतका २÷३ उडान प्रभावित हुन सक्छ । ’ ...
राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेरिनुहुदैन : डा. डीआर उपाध्याय

राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेरिनुहुदैन : डा. डीआर उपाध्याय

राजनीति, समाचार
डा. डीआर उपाध्याय यतिवेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि पार्टी भित्रको द्वन्द्व यतिवेला टकरावको स्थिति आएको छ । यसले नेकपा फुट्छ कि भन्ने चिन्ता चौतर्फी रूपमा बढेर गएको छ । नेपाली जनताले सत्तारूढ दल नेकपालाई राजनीतिक स्थिरता र विकासका लागि पाँच वर्षको म्यान्डेट दिएका हुन् । यो पार्टी बलियो र एकताबद्द भएर अघि बढनुपर्छ । सत्तारुढ दल र तिनका नेताहरूले देश र जनताका लागि काम गरेर देखाउनुपर्छ । यो अवसरलाई खेर फालेर सत्ता स्वार्थमा लागेर विवाद सिर्जना गर्नु कुनै अर्थमा पनि देश र जनताका निम्ति राम्रो होइन । अहिले सत्तारूढ दल नेकपामा जुन किसिमको विवाद देखिएको छ, यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै गम्भिर प्रश्न उठाएको छ । पा...
शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु

शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु

समाचार, स्वास्थ्य
कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ...
टुटल–पठाओ सञ्चालनमा आए कारबाही गर्छौं : ट्राफिक प्रहरी

टुटल–पठाओ सञ्चालनमा आए कारबाही गर्छौं : ट्राफिक प्रहरी

आर्थिक, समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न सिसिएमसीले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए। ‘अहिले पनि बिरामी बोकेको र अत्यावश्यक कामको लागि दुई जना सवार मोटरसाइकलबाहेक अरूलाई कारबाही गरिरहेका छौं। अहिलेको अवस्थामा टुटल–पठाओले यसरी सेवा सञ्चालन गर्न पाउँदैन,’ ढकालले भने। पठाओ के भन्छ ?अत्यावश्यक व्यक्तिलाई मात्र सेवा दिन सुरू गर्न लागिएको पठाओका क्षेत्रीय निर्देशक अशिम मान सिंह बस्न्यातले जानकारी दिए। ‘हामीसँग ६० हजार राइडर भए पनि अहिलेसम्म १ सय १२ जानलाई मात्र अनुमति दिएका छौं। हामीले त्यस्तै अत्यावश्यक परेकालाई सेवा दिनलाई राइड सुरू गरेका...
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

अन्तराष्ट्रिय, राजनीति, समाचार
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् । लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो । आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ । गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सब...
तोलाको ९१ हजार ७०० रुपैयाँ पुग्यो

तोलाको ९१ हजार ७०० रुपैयाँ पुग्यो

आर्थिक, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ। महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ...
प्रधानमन्त्री ओलीसँगको परामर्शपछि योगेशले भने, ‘प्रेक्सी वार बन्द गरौ’

प्रधानमन्त्री ओलीसँगको परामर्शपछि योगेशले भने, ‘प्रेक्सी वार बन्द गरौ’

राजनीति, समाचार
काठमाडौं । पार्टीभित्रको आन्तरिक संकट चुलिदै गएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् । बुधबार बिहान आफु निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुसँग परामर्शपछि मन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिए । भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए । परामर्श सकिएलगत्तै मन्त्री भट्टराइले अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ । ‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश...
दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

अपराध, समाचार, स्वास्थ्य
डा. डीआर उपाध्याय देशको कुनै स्थानमा दुइ-तीन वर्षमा बलत्कारको एउटा मात्रै घटना हुँदा सारा देश स्तब्ध हुने गरेको कालखण्ड बितेको धेरै भएको छैन् । आज दैनिक सरदर ६ वटा बलत्कारका घटनाबारे सुन्दा पनि त्यसलाई त्यति स्तब्धकारी नमान्ने धेरेै सर्वसाधारण यस काल खण्डकासमेत छन् । आधुनिक मानविय सभ्यताको निधारमा दिनहुँ लाग्ने गरेको बलत्कारको कालो धब्बाले सामाजिक विकाश माथी नै बिभिन्न गम्भिर प्रश्न खडा गरेको छ । बलत्कारको विषालु नङले हाम्रो सभ्यतालाई कसरी चिथोरीरहेको छ त्यसका केही दृष्टान्त–मुलुकमा ‘लकडाउन’ भईरहँदा केवल कैलाली कञ्चनपुर जिल्लामा एक दर्जन भन्दा बढी बलत्कारका घटना भएका छन् । यसै वर्षको आरम्भ वैशाख २० गते कैलालीमा बलत्कारको आरोपमा पति तथा जेठाजु मात्रै पक्राउ परेनन् घटना मिलाउन पचास हजार रुपैयाँ लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ गरिए । यस्तै बैशाख २६ गते कञ्चनपुर ५० रुपैयाँ दिएर ...