बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या गरिएको छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको हो।

बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ।

उनका दाजुका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।  बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन्।

शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव देख्दा प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *