आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

आर्थिक, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २ असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको हो । भोजन वितरण कार्य साँझ ४ बजे शुरु भएको थियो । फाउण्डेसनकी सदस्य लिमा अधिकारीको अगुवाइमा भएको भोजन वितरण कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी लगायत फाउण्डेसनका सदस्यहरु जयन्ती राई,खम्ब खत्री, शान्ति अधिकारी लगाएतको उपस्थिति उपस्थिती रहेको थियो । कार्यक्रम स्थानीयहरु, प्रहरी प्रशासनको सहयोगमा सम्पन्न भएको थियो । राहत वितरण पस्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले कोभिड १९ का कारण सिर्जित प्रतिकुलताका कारण गर्जो टार्न मुश्किलमा परेका तप्कालाई राहत स्वरुप भोजन वितरण गरिएको बताईन । त्यसैगरि फाउण्डेसनकी सदस्...
बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । ...
४५ वर्षपछि चीन-भारत सीमामा हिंसक झडप

४५ वर्षपछि चीन-भारत सीमामा हिंसक झडप

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउन...
भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ । यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन्, तीमध्ये १ लाख ५३ हजार १ सय ७८ सक्रिय संक्रमित छन् । जबकी १ लाख ८० हजार १३ बिरामी उपचारपछि निको भएका छन् । कोरोनाका कारण भारतमा ९ हजार ९ सय को मृत्यु भइसकेको छ । ...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकामा डेलिभरी गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकामा डेलिभरी गर्ने

आर्थिक, समाचार, समाज
बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । “शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानका...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४२ हजार ६८७ संक्रमित फेला परेका छन् भने ३९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३८ हजार ९५८ जना संक्रमित ...
सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

शिक्षा, समाचार
काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’ उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महा...
चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मंचले गरायो सरकारको ध्यानाकर्सण

चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मंचले गरायो सरकारको ध्यानाकर्सण

आर्थिक, समाचार
ललितपुर, जेठ – उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्था राष्ट्रिय उपभोक्ता मंचले बजार स्थिती बारे गरिएको अन्वेसणका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मंचका अध्यक्ष प्रेमलाल नहर्जनद्वारा प्रेसित पत्रमा चिनीको अभाव हुन नदिन चिनीको आपूर्ति व्यवस्थापन सहज गर्दै सुलभ मूल्यमा उपलव्ध गराउन माग गरिएको छ । पत्रमा आम नागरिकको लागी आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत नरहेको उल्लेख गर्दै बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक कृयाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेको घटनाहरु हुंदै आएको निवेदन गरेको छ । मंचले अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खा...
मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि

मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनामा परी करिब ८ दिनअघि अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । उनी कुश्मा ३ का बासिन्दा हुन् । दुर्घटना लगत्तै उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । ‘दुर्घटनामा परेर उनको हात र टाउकोमा चोट लागेको रहेछ उनले भने । मेयर जोशीले संक्रमित व्यक्ति कुश्मा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सीधैं अस्पताल गएकाले त्यही संक्रमण सरेको हुनसक्ने दाबी गरे । उनी आईसीयूमा छन् । ‘उनको अप्रेसन गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो,’ उनले भने । पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए । संक्रमित हुनेमा कुश्मा १९ ...
निर्मल शर्माको निर्देशनमा ‘एउटा सपना’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

निर्मल शर्माको निर्देशनमा ‘एउटा सपना’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित निर्माता तथा निर्देशक तथा कलाकार निर्मल शर्मा(गैँडा) द्वारा निर्देशन गरिएको "एउटा सपना"बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लकडाउनको समय भएका कारण कुनै सार्वजनिक कार्यक्रम गरी भिडियो रिलिज तथा अन्य कार्य गर्न नमिल्ने भएका कारण डिजिटल रिलिज गरिएको कुरा निर्देशक तथा कलाकार शर्माले बताउनु भयो । भिडियोमा वरिष्ठ कलाकार कमलकान्तको दमदार अभिनय हेर्न पाईन्छ । भिडियोमा उनले आफ्नो मायालुसंग बिताएका बिगतका पलहरुलाई सम्झिदै कसरी जिवन बिताईरहेका छन भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन । भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु के सि ले निकै नै आकर्षक तरिकाले छांयाकन गरेका छन भने सम्पादनको कार्य गौतम राज खडकाले गरेका हुन । भिडियो ओएसआर डिजिटको युटुब च्यानलबाट रिलिज गरिएको छ । निकै नै भावुक शैलीमा प्रस्तत उक्त गीतमा गायक...