आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
टी-२० क्रिकेट लिग बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

टी-२० क्रिकेट लिग बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२४ । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ प्रस्थान गर्न लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग यहि पुस ४ गतेदेखि शुरु हुँदैछ । बिबिएल भन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर सिधै बङ्गलादेशतर्फ जाने छन् । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत अनुबन्ध भइसकेका छन् । ...
ईपीइल लिगमा चितवन ६ विकेटले पराजित, काठमाडौं किङ्सको विजयी सुरुवात

ईपीइल लिगमा चितवन ६ विकेटले पराजित, काठमाडौं किङ्सको विजयी सुरुवात

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२४ । काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौंले विजयी सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्यो । काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित रहदै ४३ रन जोडे । सुब्रमनियन प्लेयर अफ दि म्याच भए । यस्तैमा अमर सिंह रौटेला २१ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९ रन जोड्दा नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन को योगफल जोडे । चितवनकालागि साहब आलमले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुनुपूर्व १६० रनको ...
सुन्दर देखिने रहरले तीन गुणा ठूलो भयो ओठ

सुन्दर देखिने रहरले तीन गुणा ठूलो भयो ओठ

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर-२४ । कृत्रिम सौन्दर्य उपचारका गुणभन्दा अवगुण धेरै हुन्छन् भन्नेबारे हामीमध्ये धेरैलाई थाहा छ तर हामी कहिलेकाँही बिर्सन्छौं कि यसको साइड इफेक्ट धेरै नै भयानक पनि हुनसक्छ । त्यहि साईड इफेक्टको शिकार भएकि छिन ल्येइस्टेस्टरकी २९ वर्षे महिला । राचेल न्याप्पियरले साथीको घरमा लिप फिलर इन्जेक्शन लगाएकी थिइन् । उनका अनुसार सुई लगाउँदा उनलाई यति दुख्यो कि उनी निकै चिच्याइन् तर उनलाई दुख्नु स्वभाविक हो भन्ने बताइयो । तर जे भनिएको थियो त्यो मात्र भएन । सूई लगाएको केही घण्टाभित्रै राचेलको ओठ सुन्निन थाल्यो । वास्तविक आकारभन्दा उनको ओठ तीन गुणा बढि ठूलो हुँदै गयो । उनले आफ्नो ब्यूटिसियनसँग यसबारे कुरा गरिन् तर त्यो साधारन एलर्जीका कारण भएको बताइयो । उनकी ब्यूटिसियनले उनलाई ओठमा आइस प्याक लगाउनसमेत आग्रह गरिन् तर त्यति गर्दा पनि उनको ओठ सुन्निनँ छोडेनँ । त्यसपश्चात राचेल तत्क...
कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

अपराध, समाज
कञ्चनपुर, मंसिर-२४ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीबासी खड्ग बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेका हुन। बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जनाए । विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको अवस्थामा शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद अवस्थामा फेला परेकाले थप अनुसन्धानको कार्य भइरहेको छ ।” बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको हो भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।रासस...
राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । राजधानीका ७ वटा क्यासिनोमा नेपाल प्रहरीले गएराति एकसाथ छापा मारेको छ । क्यासिनोमा नेपाली नागरीकले प्रवेश गरेको आशंकामा छापा मारिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जनाए । छापा मारेपनि नेपाली नागरीक भने नभेटिएको उनले जनाए । उनका अनुसार नेपाली अनुहारका १६ जना समातिएका भए पनि अध्ययन गर्दा उनीहरु भारतीय भएको बोगटीले जनाए । प्रहरीले काठमाडौं हायात, याक एण्ड यति, मल्ल, सांग्रिला, सोल्टी लगायतका होटलमा छापा मारेको थियो । क्यासिनोमा नेपाली प्रवेश गरेको आशंकामा छापा मारिएको प्रहरीले बताएको छ ।...
अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्रै एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ अस्पताल परिसर भित्र झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी बिभाग रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जनाए । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । रासस...
सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

अपराध, समाचार, समाज
सुनसरी, मंसिर-२४ । सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती/ लुटपाट गर्न आएको भारतीय समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । गएराति ५ जनाको समूहमा आएका लुटेराहरुले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो । झडपकै क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा परी डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको पहिचान भने खुलेको छैन । समूहका अन्य लुटेरा भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये अन्य केहीलाई समेत गोली लागेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली बारामत भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौं, मंसिर-२४ । विश्व मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आज मनाईंदै छ । संयुक्त राष्ट्र संघकोमहासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० को दिन विश्व मानवअधिकार दिवस मनाउने गरिन्छ । यसैको अवसरमा विश्व मानवअधिकार दिवसको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको सर्वोच्चताविरुद्ध कुनै पनि प्रकारका गतिविधिप्रति सैह्य नहुने जनाएका छन् । मानवअधिकार उल्लंघन हुन नदिन र मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन पनि सरकार त्यत्तिकै सजग रहेको जनाएका छन् । मानवअधिकार र संक्रमणकालीन न्य...
इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर २३ । शनिबारदेखि राजधानीमा सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले आफ्नो पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ । टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँने क्रममा चितवन निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमा सिमित रह्यो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडेका थिए । उता ललितपुरका लागि भने सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा...
“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी मनिशा लिम्बू र प्रज्वल दाहालले जिते

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी मनिशा लिम्बू र प्रज्वल दाहालले जिते

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २३ । थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन । दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । रोशन लाम्गाडे र राजकुमार राई क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । रमेश भट्टराई र चन्दा खड्काले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र सजिना श्रेष्ठको एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन । कार्यक्रमको प्रमुख निर्णायकमा मिडिया पर्सन/कलाकार राज ...