आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
करणको फिल्म शुद्धिमा प्रभास देखिने

करणको फिल्म शुद्धिमा प्रभास देखिने

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । बलिवूड निर्देशक करण जोहार उनको नयाँ फिल्म ‘शुद्धि’का लागि पछिल्लो तीन वर्षदेखि काम गरिरहेका छन् । फिल्मको मुख्य अभिनेताका लागि ऋतिक रोशनदेखि सलमान खानसम्मको नाम बाहिर आएको थियो पछि गएर वरुण धवन पनि यस फिल्मसँग जोडिए । तर, करणको फिल्मको विषयवस्तु यति गह्रौँ थियो कि कसैले चुनौती स्वीकार गर्नै सकेनन् । अ्हिले अन्तिममा सो फिल्ममा प्रभासले अभिनय गर्ने कुरा पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बाहुबली सिरिजबाट एकाएक चर्चाको शिखरमा पुगेका प्रभासको आउन लागेको नयाँ फिल्म ‘साहो’ हो । फिल्म ‘साहो’ आउने अगस्टमा रिलिज हुँदै छ । यो फिल्म हिन्दी भाषामा पनि एकसाथ आउँदै छ । शुद्धि नै प्रभासको लागि बलिउड डेब्यु फिल्म हुने जनाइएको छ ।...
फिल्म ‘छपाक’मा दीपिकासँग राजकुमार र आयुष्मान नदेखिने

फिल्म ‘छपाक’मा दीपिकासँग राजकुमार र आयुष्मान नदेखिने

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । वलिवूड अभिनेत्री दीपिका पादुकोण बिहेपछि अब अभिनयमा फर्कने तयारीमा जुटेकी छिन् । दीपिकाको नयाँ फिल्मलाई लिएर लगातार समाचार बाहरी रहेका छन् । उनी चाँडै नै मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’मार्फत देखिँदै छिन् । उक्त फिल्ममा एसिड आक्रमणमा परेकी लक्ष्मीको जीवनमा आधारित छ । केही दिनपहिले सो फिल्ममा राजकुमार राव र आयुष्मान खुराना मुख्य भूमिकामा रहने खबर बाहिरिएको थियो । तर, पछिल्लो खबरअनुसार ‘छपक’बाट आयुष्मान र राजकुमार दुवै बाहिरिएका छन् । अब यो फिल्ममा भने नयाँ अनुहार विक्रान्त मेस देखिने भएका छन् । मेघनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार फिल्मको अन्य सबै कलाकार निश्चित भइसकेको छैन । विक्रान्तसँग मेघनाले फिल्म ‘राजी’ को समयदेखि नै काम गर्न ईच्छुक रहेको बताएकि थिईन । मेघनाले भनेकी छिन्, ‘अ डेथ इन द गन्ज हेरेपछि मैले विक्रान्तसँग काम गर्न ई्च्छुक थिएँ ।’...
स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

मनोरन्जन, समाज
वुटवल, पुस-६ । रुपन्देही क्षेत्रमा स्टेज उद्घोषणका लागि सु- प्रसिद्द गोपाल अधिकारीले आफ्नो अनुभवलाई समेटेर उद्घोषण कला सम्बन्धि पुस्तक प्रकाशित गरेका छन् । रुपन्देही तथा त्यस आसपासको क्षेत्रमा विगत ३ दशकदेखि अविच्छिन्न रुपमा उद्घोषण कलामा लागेर निकै ख्याति कमाएका अधिकारीले आफ्नी आमा स्वर्गीय लीलादेवी अधिकारीको नाममा समर्पित गर्दै उद्घोषण कला नामक पुस्तक प्रकाशित गरेका हुन् । स्याङ्जाको तुल्सी भन्ज्याङ जन्मिएका उनले आफ्नो कर्म थलो बुटवललाई बनाउँदै आएका छन् । २०५२ देखि सञ्चार जगतमा प्रवेश गरेका उनी अहिले स्टेज प्रदर्शनमा उद्घोषण कला मार्फत युवामाझ लोकप्रिय बनेका छन् । हाउजी विङ्गो तम्बोला खेलाउने शैली, आवाज र प्रस्तुतिका कारण उनी थप लोकप्रिय बनेका छन् । अधिकारीले आफ्नो पुस्तकमा उदघोषण कलासहित प्रभावकारी भाषण कला र नेतृत्वका सीपहरुका सम्वन्धमा स्पष्ट र सबैले बुझ्ने भाषामा सरल हिस...
क्रिसमस इभमा डेजाभुमा गजेन्द्र साँझ हुने

क्रिसमस इभमा डेजाभुमा गजेन्द्र साँझ हुने

शिक्षा
काठमाडौं, पुस-६ । भारतीय चर्चित गायक गजेन्द्र बर्माले क्रिसमस इभको अवसर पारेर काठमाडौंमा प्रस्तुति दिने भएका छन् । पछिल्लो समय तेरा घाटा बोलको गीतका कारण बलिवूडको स्टेजहरुमा चर्चामा रहेका गजेन्द्रले दरबारमार्गस्थित क्लब डेजाभुमा आफ्ना गीत प्रस्तुत गर्ने भएका छन । मेड्ली इभेन्ट र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा डिसेम्बर २४ मा हुने गजेन्द्र बर्मा लाइभ इन नेपाल नामक कार्यक्रममा उनले तुने मेरे जाना, मे तेरा हि रहु, मेरा जहाँजहाँ लगायतका सुप्रसिद्द गीत गाउने आयोजकले जनाएका छन् । एक भिडियोमार्फत नेपाल आउने कुरामा आफू धेरै नै उत्साहित रहेको बताएका गजेन्द्र काठमाडौंको कन्सर्टपछि धरान जाने बताइएको छ ।...
निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । बलात्कारपछि हत्या भएकि कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाव’ संग पक्राउ परेका विशाल र प्रदीपको डीएनए म्याच नभएको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० गत्ते नै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ गत्ते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रदीप र विशालको डीएनए परिक्षण प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा गरिएको थियो । अनुसन्धानको क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरि्सकिएको छ तर कसैको पनि म्याच भने भएको छैन । डीएन...
को बन्नेछ नेपाल आइडल सिजन–२

को बन्नेछ नेपाल आइडल सिजन–२

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन अब केही घण्टा मात्रै बाँकी रहेको छ । ग्रान्ड फिनालेको समय जति छोटिँदैछ त्यति नै सिजन–२ को विजेता को हुनेछ भन्ने कौतुहलता बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गरिसक्दा नेपाल आइडल सिजन–२ फिनाले राउण्डमा पुगेको छ । नेपाल आइडल सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा उतार्दैछ । फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड रहेका छन् । यी चार मध्ये नेपाल आइडल सिजन–२ मा कसले बाजी मार्ने हो, त्यो शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था देखिदैन । उत्कृष्ट चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठायो । होम टाउन पुगेका ...
संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित

संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित

मनोरन्जन, समाचार
संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक भव्य समारोहका विच पूर्व पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक...
कंगनालाई फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ कपी गरेको आरोप

कंगनालाई फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ कपी गरेको आरोप

मनोरन्जन, समाचार
काठमाडौं, पुस ५ । कंगना रनावतको पछिल्लो फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ को ट्रेलर नोभेम्बरमा १८ रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ्को रुपमा प्रस्तुत भएकी थिइन् । दर्शकले फिल्मको ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा उत्रिएकि छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको समिक्षकहरुले जनाएका छन । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै रुपमा देखिन्छ । केही सिन बलिउडका पछिल्लो समयका केही ऐतिहासिक फिल्मबाट कपी गरिएको आरोप समेत लागेको छ । बलिउडमा योभन्दा पहिले केही ऐतिहासिक फिल्म बनेका छन् । योेद्धामा आधारित यस्ता फिल्मको खास मजा फाइट र खतरनाक एक्सन सिनमा नै हुने गर्दछ । कंगनाले यिनै फिल्मबाट प्रेरित भएर नक्कल गरेको भन्ने आरोप उनलाई लागेको छ । ‘मेहोन्जोदारो’, ‘बाहुबली’, ‘जोधा अकबर’, ‘बाजिराओ मस्तानी’लगायत ऐतिहासिक फिल्...
काठमाडौंलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, काठमाडौं ६ विकेटले पराजित

काठमाडौंलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, काठमाडौं ६ विकेटले पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस ५ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार भएको एलिमिनेटरको खेलमा काठमाडौं किंग्स–११ लाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले ४ विकेटको क्षतिमा १७.४ ओभरमा पुरा गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंलाई ६ विकेटले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सविरुद्ध उपाधि भिडन्त तय गरेको हो । खेलमा काठमाडौंले दिएको १०१ रनको चुनौती भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाका लागि नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटले ४५ रन बनाउँदा भारतका रवीइन्दर सिंहले ३१ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा अलआउट हुँदै १०० मात्रै बनाएको थियो । ...
आरामदायी जीवनको निम्ति ५ टिप्स

आरामदायी जीवनको निम्ति ५ टिप्स

समाचार
काठमाडौं, पुस ५ । भनिन्छ, सफल हुनु भनेको आफ्नो जीवनका हरेक कथाहरूको सन्तुलन मिलाउनु हो । सफलता र खुसी परिवार पर्यायवाचीजस्तै हुन् । यदि कसैले परिवार नै मिलाउन सक्तैन भने उसले व्यवसायसमेत राम्ररी गर्न सक्तैन भन्ने गरिन्छ । यद्यपि, एउटा व्यक्तिमा सम्पूर्ण पारिवारिक खर्च धान्नुपर्ने भएकाले लामो समय काममा बिताउनुपर्दा दबाब हुन्छ । यसरी बढी व्यावसायिक हुनुपर्दा परिवारलाई पर्याप्त समय दिन सकिँदैन । र, भौतिक सुखका बीच पनि कतिपय अवस्थामा परिवारभित्र तनावसमेत सिर्जना भइरहेको हुन्छ । अनि, आफ्नो जीवन पनि थप संघर्षपूर्ण भइराखेको हुन्छ । यी केही नियम पालना गर्न सके यस्ता समस्याबाट बच्न सकिन्छ : १. कहिलेकाहीँ बिदा लिने सधैँ काममा ध्यान केन्द्रित गर्नुपर्ने व्यक्तिको बाध्यता छ । यद्यपि, जीवन सन्तुलित बनाउन काममा केही समय विश्राम लिन जरुरी हुन्छ । यसका लागि हप्तामा कुनै दिन बिदा लिएर घुम्न जाने ...