आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

खेलकुद, समाचार
काठमाडौं, पुष-८ । फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक जितेको छ । गएराति युएईको आबुधाबीमा सम्पन्न फिफा क्लब विश्वकप फुटबलको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ गोल अन्तरले हराउँदै रियालले लगातार तेस्रो पटक यो उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गर्दा अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए । यसअघि रियाल मड्रिडले सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधिमा आफ्नो बर्चस्व कायम गरेको थियो । समग्रमा भने रियालले यो चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।...
दाङ बस दुर्घटनाः  जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

दाङ बस दुर्घटनाः जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

समाचार, समाज
जुम्ला, पुष-८ । दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकाकुल भएको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्लाका ११ जना विद्यार्थीको मृत्यु भएको हो । घाइतेहरु मध्ये चार जना पनि जुम्लाकै पेरेका छन् । जुम्लाका मृतक विद्यार्थीहरु्मा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका जनाइएको छ । मृतकमध्ये आठ जनाको शव हेलि...
 ‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन

 ‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन

शिक्षा, समाचार
काठमाडौं, ०७ पौष – पुष्पराज पौडेलको संस्मरणात्मक कृति ‘शिक्षाका ती दिन’ को विमोचन गरिएको छ । शनिबार हेडस नेपालद्वारा पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रम माझ उक्त पुस्तकको विमोचन पूर्व शिक्षा मन्त्री एबम् साहित्यकार मोदनाथ प्रश्रितले गरे । पुस्तक विमोचन पस्चात कार्यक्रम माझ बोल्दै पूर्व मन्त्री प्रश्रितले ‘शिक्षाका ती दिन’ नेपालमा बिगत राणाकाल देखीको शिक्षण अवस्थालाई चित्रण गरेको उल्लेख गर्दै पौडेलको कृति इतिहासको दस्ताबेज रहेको उल्लेख गरे । साथै उनले पौडेलको लेखनी सरल र सरसपूर्ण रहेको भन्दै मुक्तकण्ठले प्रसम्शा समेत गरे । कार्यक्रममा कृतिकार पुष्पराज पौडेलले शिक्षाको महत्वलाई उजागर गर्ने उदेश्यका साथ आफूले निजी जिबनमा देखेका भोगेका, सुनेका कुराहरुलाई पुस्तकको रुपमा उतार्न खोजेको राय पेश गरेका थिए । कृतिको समिक्षl गर्दै साहित्यकार तिर्थराज वन्तले पुष्पराज पौडेलको शब्द चयन एबम...
कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

अपराध, समाचार, समाज
सप्तरी, पुस ६ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ । चरित्रहीनको झुटो आरोप लगाइ कपाल काटेर जुत्ताको माला लगाइ अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दु:खेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । रासस...
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । १० खेल खेलेको मच्छिन्द्रले लिगमा शीर्ष तीन अंक जोडेको यो पहिलोपटक हो । मच्छिन्द्रको जितमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक/एक गोल गरे । खेलमा सुरुआती अग्रता भने सरस्वतीले लिएको थियो । खेलको चौथो मिनेटमा मच्छिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्मघाती गोल गरे । त्यस्तै, खेलको पहिलो हाफको १६औं मिनेटमा मच्छिन्द्रका विशालले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै ...
निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सिआइबीका डिएसपी नेतृत्वमा ८ जनाको विशेष टोलीले पनि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको छ । सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र अनुसन्धान टोलीबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । झण्डै ५ महिना बित्न लाग्दा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारिँदै लगिएको बताउँदै आएको छ । तर, मुख्य अभियुक्तको पहिचान भने हुन सकेको छैन । पछिल्लो ५ महिनामा प्रहरीले अनुसन्धानका क्रममा के–के गर्यो त ? ad ad ad ९ हजार ‘कल...
पूर्वराजासँग पोखरामा कमल थापाको औपचारीक भेटवार्ता

पूर्वराजासँग पोखरामा कमल थापाको औपचारीक भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान पोखरामा थापाले पूर्वराजा शाहसँग औपचारीक भेट गरेका हुन् । थापा पार्टी प्रशिक्षण कार्यक्रमका सिलसिलामा पोखरामा छन् भने पूर्वराजा शाह पनि केही दिनदेखि पोखरामै रहेका छन् । थापाका अनुसार मुलुकको समसामयिक अवस्थामा समेत पूर्वराजासंग छलफल भएको थियो । ‘मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ,’ भन्दै पूर्वराजासंगको भेटवार्ता पुष्टि गर्दै उनले ट्वीट गरेका छन् ।...
अस्ट्रेलियन क्रिकेट लिग बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

अस्ट्रेलियन क्रिकेट लिग बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

खेलकुद, समाचार
काठमाडौं, पुस-६ । अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन वाट्सनलाई निक लार्किनमार्फत् क्याच गराएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कलुम फर्गुसनलाई कट एन्ड बोल्ड गरेका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए । ८ ओभर सकिँदा सम्म सिड्नी ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पहिलो विकेट मेलबर्नका एडम जम्पाले लिएका थिए । क्यानबेराको मनुका ओभलमा सन्दीपको टोली मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बिग बास लिग खेल्ने सन्दीप एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लि...
चीनमाथि लाग्यो अमेरिकी सरकारी एजेन्सीहरु ह्याक गरेको आरोप

चीनमाथि लाग्यो अमेरिकी सरकारी एजेन्सीहरु ह्याक गरेको आरोप

अन्तराष्ट्रिय, समाचार
वासिंटन, पुस ६ । अमेरिकाले आफ्ना केही सरकारी एजेन्सीहरुमा चीनले ह्याक गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । अमेरिकी न्याय विभागले चीनका दुई नागरिकले पश्चिमी देशका सरकारी एजेन्सीहरु ह्याक गरेको आरोप लगाएको हो । जसमा चिनियाँ नागरिक झु हुवा र झेङ सिलोङ संलग्न रहेको जनाइएको छ । उनीहरु ‘एडवान्स परसिसटेन्ट थ्रेथ १०’ समूहको सदस्य भएको जनाइएको छ । यो समूह चीनको गुप्तचर एजेन्सीसँग निकट रहेको छ । अमेरिकासँग बेलायतले पनि चीनमाथि सोही किसिमको आरोप लगाएको जनाइएको छ । बेलायतले चीनले दुई देशबीच भएको आर्थिक जासुसी सम्झौताको उल्लंघन भएको आरोप लगाउदै आएको छ । अमेरिकी गुप्चतर एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेले यस बारेमा एक विज्ञप्ति जारी गर्दै आफूहरुले गरेको अनुसन्धानका क्रममा यो गम्भीर विषय भएको र यसले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने देखिएको जनाएका छन् । उनले अमेरिकालाई आर्थिक रुप...
अष्ट्रेलियाको चर्चित क्रिकेट लिग  बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

खेलकुद, समाज
काठमाडौं, पुस-६ । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च रहेको छ । सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम समेत रहेको छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरू हु्दैछ । टिमले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै वेष्ट इन्डिजका अलराउण्डर ड्वाइने ब्राभो पनि रहेका छन् ।...