आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

खेलकुद, समाचार
काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महिना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् । ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथोमा वेष्ट इण्डिजका इभान लेविसे छन् भने पाकिस्तानका ...
बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने ?

बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने ?

शिक्षा, समाचार
काठमाडौं, पुस- ९ । बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने नी ? यो प्रश्नको उत्तरमा तपाईं भन्नुहोला, ‘उमेर भएकै छैन ।’ हाम्रो समाजले स्थापित गरेको मान्यता हो, ‘विस बर्ष पारी, बिहेवारी ।’ अर्थात २० बर्ष पुरा नगरी विवाह गर्न उपयुक्त छैन । किनभने यसअघि हामी मानसिक र शारीरिक रुपले विवाहका लागि योग्य भएका हुँदैनौ । अर्कोतिर हामी ठान्छौं, ‘आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ ।’ अर्थात आर्थिक रुपले सुरक्षित भएपछि विवाह गर्नु उपयपुक्त हो । किनभने अरुवाट आश्रति भएर दाम्पत्य जीवन चल्दैन । घरबार बन्दैन । उमेरका सीमाहरु विवाह गर्नका लागि शारीरिक रुपले, मानसिक रुपले, आर्थिक रुपले परिपक्क हुनुपर्छ । यसका लागि हामीसँग केही सीमाहरु छन् । जस्तो कि, २० बर्ष पुरा गर्नैपर्‍यो । पढाई सक्नैपर्‍यो । जागिर खान वा उद्यम गर्नै पर्‍यो । अर्थात आफ्नो खुट्टामा उभिने हुनुपर्‍यो...
प्रधानाध्यापकको सरुवा प्रकरणले वीरगञ्जको घण्टाघर तनावग्रस्त

प्रधानाध्यापकको सरुवा प्रकरणले वीरगञ्जको घण्टाघर तनावग्रस्त

शिक्षा, समाचार
वीरगञ्ज, पुस ९ । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गरेका छन् भने घण्टाघर तनावग्रस्त भएको छ । वीरगञ्ज महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै महानगर प्रमुख विजयकुमार सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए । उनले भने, ‘विद्यार्थीलाई उचालेर राजनीति गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ ।’ महानगरपालिकाले लामो समयसम्म एउटै विद्याल...
एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो गोल अन्तर्ले हराएको छ । फराकिलो गोल अन्तरमा हराउने क्रममा टोटनह्याम ६–२ ले विजयी भएको हो । एभर्टनलाई उसैको घरेलु मैदानमा हराउदा टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गरे भने क्रिश्चियन एरिक्सन र डेले अलीले थप एक–एक गोल गरे । जितपछि टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई कम गर्दै २ अंकमा झारेको छ । लिगमा १८ खेलबाट टोटनह्यामको ४२ अंक छ भने म्यान्चेष्टर सिटीको ४४ अंक रहेको छ त्यस्तै ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा यथावत छ । हिजो रातिको जितपछि टोटनह्याम चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि अगाडि छ ।...
लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । अस्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो दोस्रो खेल खेल्दैछ । लामिछानेको टोली लिगको पहिलो खेलमा सिड्नी थन्डर्ससंग डि.एल मेथड अनुसार १५ रनले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा लामिछाने रहेको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्ने छ । होबर्टले भने आफ्नो पहिलो खेलमा ब्रिसबेन हिटलाई पराजित गरेको थियो । सिड्नी विरुद्धको पहिलो खेलबाटै बिग बास लिगमा डेब्यु गरेका लामिछानेले लिगको पहिलो खेलमै २ विकेट लिएकाका थिए ।...
एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ९ । एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको अवाजमा रेकर्ड गरिएको ‘ओइ’ बोलको गीत सार्वजनिक गरिएको छ । मिलन बिस्टको शब्दरहेको गीतमा संगीत भने नविन रावलको रहेको छ । गीतको भिडियो हेर्नुस् : https://youtu.be/nONOGLMzXjc गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै नै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा रहेको छ । यसअघि सार्वजनीक भएको एञ्जिलाको ‘दिलको भित्तामा’ बोलको गीत सुपरहिट भएको थियो । राहुल शाहले निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको गरेका हुन ।...
कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनबासामा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । लगभग ८५ वर्षीया महिलाको मृत्यु भएको भएपनि उनको पहिचान खुल्न भने सकेको छैन । ठक्कर दिने चालक र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन ।...
इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुष - ८ इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । सुनामीमा परेर करीव १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले बताएको छ । सुनामीका कारण उक्त क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् साथै सयौं सवारी साधनहरुमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन समेत ठप्प भएको छ । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको अधिकारीहरुले आशंका गरेको जनाएका छन । सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ । (एजेन्सी)...
सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

अपराध, समाचार, समाज
सिराह, पुष - ८ सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए । एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएक...
जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

अपराध, समाचार, समाज
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् । झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजा...